Friday, March 25, 2011

दूधको मूल्य बढाउन माग

काठमाडौं,चैत ११,
बजार मूल्य बढ्दै जाँदा कृषकलाई समस्या परेको भन्दै ५ सय ग्राम प्याकेटको दूधमा २ रुपियाँ मूल्य वृद्धि गर्न माग गरिएको छ। केन्द्रीय दुग्ध सहकारी संघले गाईभैंसी पाल्न बजार मूल्यका कारण समस्या भएकाले मूल्य बढाउनुपर्ने जिकिर गरेको हो ।  
बजारको मागअनुरुप दूध उत्पादनमा किसानलाई कठिनाइ भएकाले उपभोक्तामा अझ पनि साढे ४ लाख लिटर दैनिकरुपमा दूधको अभाव भएकाले उत्प्रेरक कार्यक्रम ल्याउन सरकारको सरोकार निकायलाई आग्रह गरिएको छ। बजार मूल्य समायोजनका नाममा चीज पनिर पेडा रसवरी र दहीलगायतमा मात्र मूल्य बढाएर दूधलाई बेवास्ता गर्दा किसानलाई समस्या परेको संघका अध्यक्ष माधव कोइरालाले बताउनुभयो।  गाईभंसी खरिद दानालगायतको लागत मूल्य बढेकाले तत्काल समायोजन नभए बाध्य भएर किसान आन्दोलनमा उत्रने दाबीे संघले गरेको छ ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।