Friday, March 25, 2011

सस्ता सहकारी पसलप्रति सर्वसाधारणको आकर्षण


११ चैत्र, कञ्चनपुर । 
सर्वसुलभरूपमा सामग्री पाइन थालेपछि जिल्लाको दक्षिणी क्षेत्रमा रहेका सस्ता सहकारी पसलप्रति सर्वसाधारणको आकर्षण बढेको छ । एक वर्षदेखि सञ्चालनमा रहेको परासन बहुमुखी सहकारी संस्थाले सहकारी डिभिजन कार्यालयबाट प्राप्त रु एक लाख अनुदानबाट सहकारी सस्तो पसल सञ्चालन गरेको हो । कृषि तथा सहकारी मन्त्रालयको नीतिअनुरूप सहकारी पसल सञ्चालन गर्न अनुदानको व्यवस्था गरेको थियो । सहकारी डिभिजन कार्यालयका अनुसार यहाँ २२ वटा सहकारी पसललाई गतवर्ष प्रत्येक पसललाई रु एक लाखका दरले अनुदान रकम उपलब्ध गराइएको थियो ।

उक्त सहकारी पसलबाट बजारको तुलनामा सस्तोमै खाद्य सामग्री, रासायनिक मललगायतका समग्री उपलब्ध हुन थालेपछि लाइनमा बसेर पनि सर्वसाधारणले सामग्री खरिद गर्न आउने गरेको पसल सञ्चालक बुद्धिराम कटुवालले बताउनुभयो । पसलमा हाल रु चार लाखभन्दा बढीको लगानी गरिएको सहकारीका पदाधिकारीले बताए । एक वर्षअघि पसल सञ्चालन नहुँदा यहाँका सर्वसाधारणले टाढाको भारतीय बजारमा सामान खरिद गर्न जानुपर्ने बाध्यता थियो । सम्पूर्ण सामग्री एउटै ठाउँमा पाइन थालेपछि स्थानीयबासीलाई सहज भएको स्थानीय धनबहादुर विकले बताउनुभयो । सहकारीमा हाल ३२ जना सेयर सदस्य रहेका छन् । पसलबाटै सहकारीले मासिक रु ३० हजार आम्दानी हुने गरेको पसल सञ्चालक कटुवालले बताउनुभयो । अनलाइन खबर बाट साभार

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।