धादिङबेसी चैत्र १७
आसन्न ५४ औं राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रमका साथ सम्पन्न हुँदै छ । ‘सहकारीको चाहना विश्व समृद्धिको कामना’ भन्ने मुलनाराका साथ चैत्र २० गते ५४ औ राष्ट्रिय सहकारी दिवस मनाउन लागीएको छ ।
विगतका वर्षहरुमा जस्तो ¥यालीको भरमा दिवस मनाउनु भन्दा समय सापेक्षमा अन्य जनचेतना मुलक गोष्ठी, अन्तरक्रिया गरेर मनाउने विभिन्न सहकारी संस्थाहरुले सल्लाह दिए पनि अन्तत धादिङमा चैत्र २० गते धादिङबेसी पुछारबजारबाट सहकारी संघका जिल्ला अध्यक्ष मिनराज कडेलको उपस्थितिमा ¥याली निकालेर सहकारी दिवस मनाइने बताइएको छ । जिल्ला सहकारी संघ, वचत तथा ऋण सहकारी संघ डिभिजन सहकारी कार्यालय धादिङले सम्पुर्ण सहकारीहरुलाई उक्त ५४ औ सहकारी दिवसको अवसरमा निकालिने ¥यालकिा सहभागीहुन आग्रह समेत गरेको छ ।





0 comments:
Post a Comment