१६ चैत ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री भरतमोहन अधिकारीले सरकारी सहकारी र निजी क्षेत्रको सहभागितालाई संयुक्त रुपमा अगाडि बढाउने नीति नै वर्तमान सरकारको अर्थ नीति हुने बताउनुभएको छ ।
धनी र गरिबबीचको अन्तरलाई कम गर्न र गरिबी निवारण गर्न तीन खम्बे अर्थनीति सहयोगीसिद्ध हुने उहाँको धारणा छ ।
५४ राष्ट्रिय सहकारी दिवसका उपलक्ष्यमा राष्ट्रिय सहकारी संघद्वारा बुधवार आयोजित सहकारी रणनीति योजना तर्जुमा सम्बन्धी राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै अर्थमन्त्री अधिकारीले आगामी बजेटमा सहकारीलाई प्रवद्र्धन गर्ने खालको नीति ल्याइने जानकारी दिनुभयो ।
उहाँले जलस्रोतमा सहकारी लगानी बढाउन एक मेगावाटसम्मको आयोजनाका लागि सरकारले ७५ प्रतिशतसम्म अनुदान दिने नीति लिएको जानकारी दिँदै यसबाट गाउँका जनताले आफ्ना लागि आफै विद्युत् उत्पादन गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
आगामी बजेटमा ४० हजार विपन्न परिवारलाई प्रत्यक्ष फाइदा हुनेगरी सहकारी मार्फत वितरण हुने गरी बोका बाख्रा भैंसी एवम् बीउबिजन वितरण गर्ने कार्यक्रम ल्याइने जानकारी अर्थमन्त्री अधिकारीले दिनुभयो ।





0 comments:
Post a Comment