१३ चैत्र, दाङ ।
नेपाल आयल निगम लिमिटेडको अधिकृत बिक्रेताका रूपमा हाम्रो पहुँच बहुद्देश्यीय सहकारी संस्था लिद्वारा सञ्चालित सहकारी पेट्रोल पम्पले आफ्नो स्थापनाकालको दुई वर्षमा रु २५ लाख बढी मुनाफा गर्न सफल भएको छ ।
साढे दुई वर्षको अवधिमा दाङमा एक हजार ६०० घरमा बायोग्यास निर्माण गरिएको छ । खाना पकाउँदा सजिलो र सर्वसुलभ मानिने बायोग्यास अधिकांश थारु समुदायमा निर्माण गरिएको छ । जिल्ला विकास समिति ऊर्जा तथा वातावरण एकाइ कार्यालय दाङका अनुसार यसवर्ष मात्रै जिल्लामा ७०० घरमा बायोग्यास प्लान्ट निर्माण गरिएको छ ।
आर्थिक वर्ष २०६५र०६६ देखि यता एक हजार ६०० बायोग्यास प्लान्ट निर्माण गरिएको र केही बायोग्यास प्लान्ट निर्माण प्रक्रियामा रहेको कार्यालयले जनाएको छ । दाङमा हालसम्म छ हजारभन्दा बढी घरमा बायोग्यास प्लान्ट निर्माण गरिएको भए पनि साढे दुई वर्षदेखिको आधिकारिक तथ्याङ्क रहेको जिल्ला ऊर्जा तथा वातावरण अधिकृत कुलविक्रम खाँडले भन्नुभयो( ‘जिल्लामा वायोग्यास प्लान्ट निर्माणका लागि चारवटा लघुवित्त संस्थाले ऋण प्रदान गरिरहेका छन् ।
बायोग्यासबाट समय र इन्धनको बचत हुनाका साथै स्वास्थ्यलाई प्रतिकूल असर नपार्ने भएकाले सरकारले बायोग्यास प्लान्ट निर्माण गर्नका लागि प्रोत्साहन गर्न आर्थिक सहायता प्रदान गर्ने गरेको खाँडको भनाइ छ ।
यहाँ धेरै व्यक्तिको संयुक्त लगानीमा सञ्चालन गरिएको दाङको एक सहकारी पेट्रोल पम्प नमुना बन्न सफल भएको छ । तुलसीपुर(३ गणेशपुरमा रहेको सहकारी पेट्रोल पम्प आफ्नो स्थापनाकालको छोटो समयमा नै यस क्षेत्रको चर्चित तथा राम्रो मुनाफा कमाउन सफल पेट्रोल पम्प भएको छ ।
हाल यस पेट्रोल पम्पमा तुलसीपुर क्षेत्रका ट्रक, ट्रयाक्टर, बस, जिप, मोटरसाइकललगायतका अधिकांश सवारी साधनधनी सरल र सहजरूपमा पेट्रोल डिजल हाल्न जाने गर्छन् ।
रा १ च ३३८ नं। का गाडी मालिक होमजङ्ग विश्वकर्माले अन्यत्रभन्दा यहाँ शुद्ध पेट्रोलियम पदार्थ पाइने भएकाले आफूले सहकारी पेट्रोल पम्पबाट सधैँ पेट्रोलियम पदार्थ गाडीमा राख्ने गरेको बताउनुभयो । onlinekhabar.com
0 comments:
Post a Comment