Wednesday, March 9, 2011

महिलासँग सम्बन्धित सहकारीलाई कर छुट


२४ फागुन,काठमाडौँ ।  अर्थमन्त्री भरतमोहन अधिकारीले आगामी बजेटमा महिलाद्धारा साचालित मुलुकभरका सहकारी संस्थालाई पूर्णरुपमा कर छुटको व्यवस्था गरिने बताउनुभएको छ । राष्ट्रिय सहकारी सङ्घ लिमिटेड नेपालद्वारा १०१औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज यहाँ आयोजित विशेष कार्यक्रममा उहाँले महिलासम्बन्धी सहकारी संस्थाको आत्मनिर्भरता र स्तरोन्नतिका लागि कर छुटको व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो ।   उहाँले आगामी संविधानमा महिलाहरुको समग्र उत्थान र विकासका लागि उचित व्यवस्था गर्न र महिला सशक्तीकरणका सवाललाई स्थापित गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो ।  सहकारी सङ्घसंस्थालाई बलियो बनाउन सहकारी आन्दोलनमा लागेका अग्रजहरुको भावना र सुझावलाई समेटेर सरकारले बजेट तयारी गर्ने अर्थमन्त्री अधिकारीको भनाइ थियो । उहाँले मुलुकको सहकारी क्षेत्रले आमजनताको आर्थिक उन्नति र विकासका लागि ठोस नीति अख्तियार गरी अगाडि बढ्नुपर्छ भन्दै सहकारीविज्ञहरुको अनुभवबाट यस क्षेत्रको विकास सम्भव भएको बताउनुभयो ।  सहकारी सङ्घ लिमिटेडका पूर्वअध्यक्ष दीपकप्रसाद बाँस्कोटाले महिलाहरुको समग्र उत्थान र विकासका लागि प्राथमिक तहमै महिला सहकारीसम्बन्धी पाठ्यक्रम विकास गरिनुपर्नेमा जोड दिनुभयो ।  सङ्घका कार्यकारी अध्यक्ष केशवप्रसाद बडालले सहकारी क्षेत्रमा लागेका महिलालाई लक्षित गरेर सरकारले कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै समाजमा भएका रुढीवादी परम्पराको अन्त्य गर्न सकेमा मात्र महिला विकास सम्भव हुने बताउनुभयो ।  सहकारी विभागका रजिष्ट्रार सुदर्शनप्रसाद ढकालले सरकारले सहकारीलाई प्राथमिकतामा नराखेको गुनासो गर्दै सहकारी सङ्घसंस्थाको क्षमता विकास गर्न आवश्यक भएको बताउनुभयो ।  सङ्घकी सदस्य ओमदेवी जोशी मल्लले समाजमा विद्यमान लैङ्गिक असमानता हटाउन आगामी संविधानमा महिलालाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।