Friday, March 18, 2011

राष्ट्रिय सहकारी बैङ्कले राजधानीमा तीन शाखा खोल्ने

काठमाडौँ, चैत्र ३ गते । राष्ट्रिय सहकारी बैङ्क लि।ले काठमाडौँको न्युरोड, कलङ्की र चाबहिलमा तीन नयाँ शाखा विस्तार गर्दै बैङ्किङ सेवा उपलब्ध गराउने भएको छ ।
सो सहकारी बैङ्कको न्युरोड शाखा आगामी चैत्र १० गतेबाट सञ्चालन गर्ने विषयमा न्युरोड क्षेत्रमा सहकारीहरूलाई जानकारी दिने उद्देश्यले सञ्चालन भएको छलफल कार्यक्रममा सहकारी ऐन अन्तर्गत दर्ता भएको र नेपाल राष्ट्र बैङ्कबाट समेत स्वीकृति प्राप्त सो बैङ्क आफ्नो कारोबार बढाउन सहकारीहरूलाई आहृवान गरिएको छ ।

सो कार्यक्रममा राष्ट्रिय सहकारी बैङ्क लि।का प्रबन्ध सञ्चालक के।बी। उप्रेतीले आफ्नो बैङ्कले व्यावसायिक बैङ्किङ सेवा उपलब्ध गराउनुका अतिरिक्त सहकारीलाई आइपरेका समस्याका बारेमा सघाउन अभियानमा समेत अग्रणी भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।
हाल १९ वटा शाखा रहेको सो बैङ्कको ६४ जिल्लामा सदस्यहरू रहेको र आगामी दिनमा ७५ वटै जिल्लामा पुर्‍याउने लक्ष्य राखिएको बताइएको छ ।
नेपाल सरकारको एक करोड र सहकारी सदस्यहरूको १५ करोड गरी १६ करोड चुक्ता पुँजी पुर्‍याएको सो सहकारी बैङ्कले आर्थिक वर्ष ०६६(६७ मुनाफाबाट सेयर सदस्यहरूलाई ९ प्रतिशत नगद लाभांस उपलब्ध गराएको छ ।
सहकारीहरू नै सदस्य रहेको राष्ट्रिय सहकारी बैङ्कमा आफ्नो कारोबार सञ्चालन गर्दा सहकारीहरूलाई व्यावसायिक लाभ पुग्नुका साथै सहकारी आन्दोलनमा समेत सहयोग पुग्ने भएकोले सो बैङ्कसँग आबद्ध हुन न्युरोड क्षेत्रका सहकारीहरूलाई आग्रह गरिएको छ । www.pact.gov.np

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।