Thursday, March 31, 2011

देशभरका २७ वटा सन्चार सहकारी संस्थाकोराष्ट्रिय भेला सम्पन्न


काठमाडौ चैत १६ ।सहकारिता मार्फत सचारको विकासमा जुटेका देशभरका सन्चार सहकारी संस्थाहरुको राष्ट्रिय भेला बुधवार काठमाडौंमा सम्पन्न भएको छ । भेलाले सामुदायिक साचार सहकारी संस्था काठमाडौंका विष्णुहरि ढकालको अध्यक्षतामा १३ सदस्यीय नेपाल केन्द्रीय सचार सहकारी संघ लिमिटेड गठन गरेको छ ।
समितिको उपाध्यक्षमा धौलागिरीको पहिलो सचार सहकारी आदर्श सचार सहकारी संस्था लिमिटेड बागलुङका अध्यक्ष मनकुमारी केसी चयन हुनु भएको छ ।
केन्द्रीय साचार सहकारी संस्थाको सचिवमा सुनसरीका शिवकुमार डाँगी कोषाध्यक्षमा काठमाडौंका लेखनाथ ढकाल चयन हुनु एको छ ।
यस्तै सदस्यहरुमा रेडियो बिहानी ९७.६ मेगाहर्ज संचालन गदै आएको सहिद स्मृति संचार सहकारी धादिङका अध्यक्ष उत्तम कंडेल, धादिङका दिपक कोइराला, नेत्रकला दवाडी   प्युठानका धर्मराज पण्डित रुपन्देहीका कृष्ण नेपाल दाङका माधव शर्मा  सुनसरीका  कुमार पाण्डे कास्कीका लालमोहन तिवारी नवलपरासीका शिवशंकर बस्याल र  रहनु भएको छ ।
ग्रामिण साचार सहकारी संस्था धादिङका अध्यक्ष तथा पूर्व स्थानीय विकास मन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा भेला सम्पन्न भएको थियो । भेलामा देशभरका २७ वटा साचार सहकारी संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
समितिले संघको विनियम निर्माण गर्नुका साथै सहकारी शिक्षालाई प्रभावकारी रुपमा अगाडि लैजाने र सहकारीता मार्फत साचारको विकासमा जुट्ने अध्यक्ष विष्णुहरि ढकालले बताउनुभयो ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।