चैत ७, आँखु महिला विकास वचत तथा ऋण सहकारी संस्था सल्यानटार ६ को आयोजनामा आज देखी ३ महिने ब्यूटिसियन तालिम सुरु भएको छ । बेरोजगार महिलाहरुलाई सिप दिई रोजगारी दिने उद्देश्यले आयोजीत तालिममा सल्यानटार गाउँ विकास समितिका महिलाहरुको सहभागिता रहेको छ ।
आँखु महिला विकास वचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष विन्दा सिलवालको अध्यक्षतामा सम्मपन्न उद्घाटन कार्यक्रममा व्यवसायिक तथा सिप विकास कार्यालय गजुरीका ईन्चार्ज पुरुषेत्तम पाण्डेको प्रमुख आतिथ्य र एकल महिला समुह सल्यानटारकी अध्यक्ष चन्द्रकुमारी पाठकको विशेष आतिथ्य रहेको थियो । संस्थाका लेखा संयोजक टिका ईटनीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा राजनैतिक दलका प्रतिनिधी, सल्यानटार मा।वि का शिक्षक लगाएत अन्य संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । तालिमको सभापति र प्रमुख अतिथिले संयुक्त रुपमा मैनबत्ती बालेर उद्घाटन गर्नु भएको थियो । तालिमका सहभागीहरुलाई गजुरी सिप विकास कार्यलयका प्रशिक्षक पम्फा बसौलाले प्रशिक्षण दिनुहुने सल्यानटार बाट रञ्जिता पाठकले जानकारी दिनुभएको छ ।
0 comments:
Post a Comment