Tuesday, January 25, 2011

सहकारीबाटआत्मनिर्भरता तथा क्षमताको विकास हुने भएपछि सहकारीतर्फ महिलाहरूको आकर्षण

नेपालगन्ज, १० माघ / सहकारीबाट आर्थिक विकास, रोजगारीको वृद्धि, आत्मनिर्भरता तथा आन्तरिक क्षमताको विकास हुने भएपछि बाँके जिल्लामा सहकारीतर्फ महिलाहरूको आकर्षण बढेको छ । बाँके जिल्लामा रहको २ सय ७२ सहकारी संस्थाहरूमध्ये २७ वटा महिलाहरूले मात्र सञ्चालन गरेका सहकारी संस्था छन् ।
कल्पवृक्ष महिला बचत तथा ऋण सहकारी संस्था नेपालगञ्ज १६ की खेमकुमारी न्यौपानेका अनुसार सहकारीबाट रोजगारीका लागि ऋण, विभिन्न तालिम तथा सीप विकासको अवसर भएकाले महिलाहरूको सहकारीमा आकर्षण बढेको हो । कल्पवृक्ष सहकारी संस्थामा १ सय जना महिला आबद्ध छन् ।
त्यस्तै ०५८ सालमा नारी एकता सहकारी संस्थाको स्थापना गर्दा कसैले नपत्याएको तर अहिले आएर गाउँको रकम लेनदेन, ऋण सापटी दिने तथा महिलाहरूका लागि सीपमूलक तालिम र समस्याको परामर्श गर्ने प्रमुख थलो सो सहकारी बनेपछि सबै दंग परेको सो संस्थाका अध्यक्ष भूमिसरा धितालले बताईन् ।

बाँकेको खजुराखुर्दमा रहेको नारी एकता सहकारीमा अहिले १ सय ७० जना महिलाको सेयर सदस्यता रहेको छ । यसरी सहकारीबाट महिलाहरूले मासिक बैठक बस्ने, बचत जम्मा गर्ने, विभिन्न सीपमूलक तथा व्यवसायिक तालिम गर्ने, विभिन्न कार्यक्रम, गाउँमा जागरण तथा चेतनामूलक कार्यक्रम समेत गर्ने गरेको ज्योतिकुञ्ज महिला बचत तथा ऋण सहकारी संस्था बांकेकी सचिव कुसुम भट्टराईले बताइन् । 
कारोबार संवाददाता

1 comments:

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।