Wednesday, January 5, 2011

साना किषान कृषि सहकारी संस्था लिमिटेड कल्लेरीको वार्षीक साधारणसभा सम्पन्न

पुष २०/साना किषान कृषि सहकारी संस्था लिमिटेड कल्लेरीको ११ औँ वार्षीक साधारणसभा आज सम्पन्न भएको छ । कल्लेरी गउँ विकस समिति वडा नं । ४ केउरीनीटार स्थित संस्थाको भवनमा सम्पन्न साधारणसभामा संस्थाका अध्यक्ष कृष्णप्रसाद
अधिकारीको अध्यक्षता रहेको थियो । कार्यक्रममा साना किषान विकास बैंक गजुरीका प्रबन्धक शेरबहादुर चौधरीको प्रमुख आतिथ्य एवम् साना किषान कृषि सहकारी संघ धादिङका प्रबन्धक खिलप्रसाद सिलवाल,साना किषान सहकारी संस्थाका प्रबन्धक गोपाल सिलवाल लगायतको आतिथ्य रहेको थियो ।

साधारण सभाबाट संस्थाको नयाँ कार्यसमितिपनि चयन गरिएको छ । कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा चयन भएको ११ सदस्यीय समितिको उपाध्यक्षमा हरिबहादुर मल्ल रहनु भएको छ । साधारण सभामा संस्थाका प्रबन्धक ज्ञानुप्रसाद खतिवडाले १ करोड ३७ लाख लगानी रहेको संस्थाले यसवर्ष कुल ७ लाख रुपयाँ नाफा गर्न सफल भएको जानकारी गराउनु भएको थियो । सोहि अवसरमा संस्थासंग उत्कृष्ट ऋण कारोवार गर्ने १४ जना असल ऋणीलाई प्रतिव्यक्ति १ देखि ८ सय रुपयाँ नगद पुरस्कार प्रदान गरिएको साना किषान कृषि सहकारी संघ धादिङका प्रबन्धक खिलप्रसाद सिलवालले जानकारी दिनुभएको छ ।



1 comments:

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।