Saturday, January 1, 2011

साना किसान कृषि सहकारी संस्था सल्यानटारको आठौं बाषिर्क साधारण सभा सम्पन्न

धादिङबेसी पुस १७ / साना किसान कृषि सहकारी संस्था लिमिटेड सल्यानटारको आठौं बाषिर्क साधारण सभा आज सल्यानटारमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष फणिकान्त छत्कुलीको अध्यक्षतामा सम्पन्न साधारणसभामा साना किसान विकास बैंकर् इलाका कार्यलय गजुरीका प्रवन्धक शेरबहादुर चौधरीको प्रमुख आतिथ्य र साना किसान कृषि सहकारी संस्था धादिङका प्रवन्धक खिलप्रसाद सिलवाल तथा साना किसान कृषि सहकारी संस्था ज्यामरुङका अध्यक्ष ओमप्रसाद धमलाको विशेष आतिथ्य रहेको थियो । १ करोड ३३ लाख लगानी रहेको संस्थाले यस आर्थिक वर्षा ९ लाख १८ हजार नाफा गर्न सफल सो अवसरमा जानकारी दिइएको थियो ।

साधारणसभामा संस्थाका प्रवन्धक सञ्जु श्रेष्ठले आगामी काययोजना एवं आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा एस एल सी मा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका छोराछोरी र व्यवसायीक बाख्रा पाल्ने उत्कृष्ट कृषक श्यासर कुमाललाई  पुरस्कृत गरीएको थियो । सल्यानटार गाउँ विकास समिति वडा नम्बर ५ खोल्सीमा सम्पन्न भएको साधारणसभामा कुल ५७९ शेयर सदस्य मध्ये २७५ शेयर सदस्य  उपस्थित भएका साना किसान कृषि सहकारी संस्था धादिङका प्रवन्धक खिलप्रसाद सिलवालले जानकारी दिनुभएको छ ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।