Saturday, January 1, 2011

कुमारी देवी बहुउउद्देशिय सहकारी संस्था लिमिटेड ज्यामरुङको पाँचौ साधारणसभा सम्पन्न

धादिङबेसी पुस १७ / कुमारी देवी बहुउउद्देशिय सहकारी संस्था लिमिटेड ज्यामरुङको पाँचौ साधारणसभा बिहिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शिवराम थापाको अध्यक्षतामा सम्पन्न साधारण सभामा कुमारीदेवी माध्यामिक विद्यालय ज्यामरुङका प्रधानाध्यपक श्यामप्रसाद धरेलको प्रमुख आतिथ्य रहेको थियो । साधारण सभामा नवोदित वचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक रामलाल उप्रेती, साना किषान सहकारी संस्था लिमिटेड ज्यामरुङका व्यबस्थापक दामोदर इटनी लगायतको आतिथ्य रहेको थियो । ३२ लाख ६३ हजार ८ सय ७ रुपयाँको आयव्यय प्रस्तुत गरिएको साधारण सभामा संस्थका कोषाध्यक्ष खुलबहादुर सुएलले आर्थीक, सचिव छन्दुप्रसाद थपलियाले साङ्गठनिक र लेख समिति संयोजक मोतिराम कडरियाले लेखाप्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
साधारण सभाकै अवसर पारेर संस्थासंग उत्कृष्ट कारोवार गर्ने शेयर सदस्यहरु गोविन्दप्रसाद अधिकारी र महेन्द्र सिम्खडालाई सम्मान स्वरुप प्रमाणपत्र वितरण गरिएको थियो । सोही अवसरमा कुमारी देवी माध्यमिक विद्यालयमा अध्ययन गर्ने तहगत रुपमा उत्कृष्ट शेयर सदस्यका छोरा-छोरीलाई पुरस्कारपनि वितरण गरिएको संस्थाका व्यबस्थापक डण्डपाणी कडरीयाले जानकारी दिनुभयो ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।