Thursday, January 6, 2011

सहकारी सङ्घलाई निर्णय प्रक्रियामा सहभागी गराउन आग्रह

बागलुङ, २१ पुस।जिल्ला सहकारी सङ्घ लिमिटेड बागलुङलाई जिल्लाको आर्थिक सामाजिक विकासका लागि गरिने निर्णय प्रक्रियामा अनिवार्य सहभागी गराउन सहकारीकर्मीहरुले माग गरेका छन्। जिल्ला सहकारी सङ्घ लिमिटेड बागलुङको मङ्गलबार बागलुङमा आयोजित दोस्रो वाषिर्क साधारणसभामा सहभागी सहकारीकर्मीहरुले उक्त माग गरेका हुन्।
 कृषि लगायत विभिन्न क्षेत्रमा सहकारी क्षेत्रले महत्त्वपूर्ण् कार्य गरेपनि सहकारीको बारेमा जानकारी गराउनको लागि राज्यका निकायका साथै गैरसरकारी र सहकारी क्षेत्रले समेत उचित ध्यान नदिएको गुनासो गर्दै सहभागीहरुले सहकारीहरुको छाता सङ्गठन जिल्ला सहकारी सङ्घलाई सरोकारवाला सङ्घ संस्थाहरुले अनिवार्य सहभागी गराउनुपर्ने बताएका हुन्।

साधारणसभाले सङ्घका सचिव युक्तप्रसाद कँडेलले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष अशोकगोविन्द राजभण्डारीले प्रस्तुत गरेको लेखा परीक्षण प्रतिवेदन पारित गरेको थियो। जिल्ला सहकारी सङ्घका अध्यक्ष कृष्णशंकर श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष रामबहादुर जिसी र सचिव युक्तप्रसाद कँडेलले पनि बोल्नुभएको थियो।

1 comments:

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।