Saturday, January 1, 2011

प्रतिक बचत तथा ऋण सहकारी संस्था लि.को दोस्रो वाषिर्क साधारण सभा सम्पन्न


काठमाडौं, १७ पौष  । प्रतिक बचत तथा ऋण सहकारी संस्था लि.को  दोस्रो वाषिर्क साधारण सभा सम्पन्न भएको छ । आर्थिक वर्ष२०६६/२०६७ को अवधिमा संस्थाले आफ्नो सदस्य एवं सेवाग्राहीहरुमा उत्कृष्ट वित्तीय सेवा प्रवाह गरी एक आर्थिक वर्ष सफलतापूर्वक पार गरेको संस्थाले पत्रकारहरु माझ जानकारी गराएको आज रिपोर्र्टर्स क्वल नेपालको साक्षात्कार कक्षमा दोस्रो वाषिर्क साधारणसभा सम्पन्न गरेको हो ।
आर्थिक वर्ष२०६६/२०६७ को अत्यसम्ममा संस्थाले २८,४६,४७२ शेयर संकलन गरी गत वर्षो तुलनामा ३५० प्रतिशत वृद्धि भएको र शेयर पूँजीलाई चालु आर्थिक वर्ष०६७ /०६८ मा वृद्धि गर्दै लैजाने संस्थाका अध्यक्ष केशवप्रसाद तिमिल्सिनाले जानकारी गराएका थिए । संस्थाले चालु आर्थिक वर्षेखि प्रत्येक वर्षो उत्कृष्ठ कारोवार गर्ने सदस्य र प्रत्येक वर्षो एल. एल. सी. परीक्षामा विशिष्ठ श्रेणीमा उतिर्णहुने शेयरधनीका छोरा, छोरीहरुलाई Pratik Excellent  Education Award समितिले तोकेको नगद पुरस्कारद्वारा सम्मानित
गर्ने कार्यक्र अगाडि सारेको छ । संस्थाको शेयर तर्फआ. व. २०६५/ ६६ मा शेयर पूँजी रु. ५,८,१४०० भएकोमा आ. व. २०६६,६७ मा उल्लेख्य वृद्धि भई रु. २८,४६,४०० पुगेको र निक्षेप संकलन तर्फ अ. व. २०६५/६६ मा रु. २,८७,३६८  /०६ निक्षेप संकलन भएकोमा आ. व. २०६६ /०६७ मा वृद्धि भई २६,३४,३९६/ ५९ रहेको र कर्जा तर्फआ. व. २०६५/६६ मा रु. १,३१,८२६ /९२ लगानी रहेकोमा आ. व. २०६६/०६७ मा रु.५२,१६,४१४/ ६४ लगानी रहेको जानकारी गराएको थियो ।
कार्यक्रमका प्रमुख अतिति नागरिक लगानी कोषका अध्यक्ष डा. चन्द्रमणी अधिकारीले  सहकारीको सात सिद्धान्तअनुसार हिंड्न सकियो भने सहकारी संस्था फस्टाउन गाह्रो नपर्ने कुरा औल्याउनुभयो । अधिकारीले सहकारीमा पारदर्शिता, सुशासन, दिगोपना र इमान्दारी नै सबैभन्दा ठूलो मूलमत्र भएको बताउनुभयो । अर्का प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकार्ी संघ -नेप्सन) का महासचिव डि. वी. वस्नेतले व्यवस्थित ढंगबाट सहकारी संस्था चलाउन नेप्सनमा अनिवार्यरुपमा दर्ता हुनुपर्ने बताउँदै अहिलेसम्म नेपाल बचत तथा ऋण केन्द्रीय सहकार्ी संघ -नेप्सन) मा ८०२ वटा संस्था दर्ता भएका, ५९ जिल्लाका ५ लाख ५० हजार सदस्यहरु आवद्ध रहेको जानकारी दिनुभयो ।

1 comments:

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।