Friday, December 3, 2010

कृषकको सहारा बन्दै सहकारी

मेगराज खड्का रुकुम । "छिबांग ६ का प्रमोद बिष्ट घरमा परिवारपाल्न नसकेर हरेक बर्ष भारतको हिमाचलमा पैंसा कमाउन गइरहन्थे । तर उनी बिगत दुई बर्षयता सहकारी संस्थामा आबद्ध भएदेखी अर्काको देशमा काम गर्न मन पराउँदैंनन् । उनी भन्छन् ूपहिला यस्ता सहकारी संस्थाहरु थिएनन् त्यही कारणले गर्दा अर्काको ठाँउमा मरी मरी काम गर्नु पथ्र्याै ।" आजभोली आफ्नै गाँउमा काम गरेर जम्मा भएको पैंसाले टमटर खेती गर्न थालेका छु ।  उनले डिग्रे शाइकुमारी बचत तथा ऋण सहकारी संस्थाबाट १३ प्रतिशत व्याजमा ऋण लिएर उक्त खेतीमा लागेका हुन् । प्रमोद मात्र होइन खलंगा ९ का रणबहादुर खडकाले पनि किसान बहुउद्देश्यीय दुग्ध सहकारी संस्थाबाट १३ प्रतिशत व्याजमा लिएको ऋणबाट आलु खेती गरेर मनग्य आम्दानी गरेका छन् । रणबहादुर पनि जिल्लामा सहकारी संस्थाहरु नहुँदा अर्काको ठाँउमा मजदुरी गर्नका लागी दिनरात खटिने गर्दथे । हाल रुकुम जिल्लाका गाँउ गाँउमा सहकारी संस्थाहरु गठन हुन थालेका छन् । बिभिन्न महिला समुह तथा क्लवहरुले पनि थोरै भएपनि भएको रकम जम्मा गरेर गाँउको बिकास तथा कृषी उत्पादन क्षेत्रतिर लगानी गर्न थालेका छन् । जिल्लामा जिल्ला कृषी बिकास बैंकले पनि यस्ता धेरै किसानहरुलाई शौलियतमा ऋण दिएर उनीहरुको क्षमता बिकास तथा स्तर उन्नतीमा टेवा पुर्याएको छ ।  त्यस्तै यस बर्ष सहकारी बाटै कृषकहरुका लागि साना सिँचाई कार्यक्रमहरु साचालनमा आएको छ । जिल्ल्ाा कृषि बिकास कार्यालय रुकुमद्धारा संचालित ति कार्यक्रमहरुले कृषकहरुको आर्यआर्जनमा टेवा पुर्याउने जिल्ला कृषि बिकास कार्यालयका प्रमुख
कौशलकुमार पौडेलले बताए । कृषकहरुको आर्यआर्जनमा टेवा पुर्याउन बढीमा २५ हेक्टर जमिनमा सिँचाई हुने गरी बढीमा रु १ लाख सम्म कार्यालयले अनुदान दिने र कुल लागतको कम्तीमा १५ प्रतिशत सम्बन्धीत कृषकहरुको सहभागितामा साचालन हुने पौडेलले जानकारी दिए ।  उक्त कार्यक्रम अन्र्तगत समुहगत रुपमा स्थानियस्तरमा उपलब्ध स्रोत साधनहरुको समुचित उपयोग गरी स-साना कुलो बाँध पैनी पोखरी स्प्रिंगकलर प्लाष्टिक पोखरी जस्ता निमार्ण तथा पुर्ननिमार्ण गरिने छ । 
डिग्रे शाईकुमारी बचत तथा ऋण सहकारी संस्था रुकुमका व्यवस्थापक यज्ञ बिष्टका अनुसार सहकारीका कारण न्युन स्तरका कृषकहरुको आर्थिक स्तरमा उन्नती भएको छ ।  सो सहकारीले हाल सम्म १२०० भन्दा बढी सदस्य संख्या बढाइसकेको छ । रुकुममा बिगत २ बर्षयता स्थानियबासीहरुमा सहकारीतर्फ आर्कषण बढेको हो । जिल्ला सहकारी संघ रुकुमका अनुसार जिल्लामा ५० भन्दा बढी सहकारी संस्था खुलिसकेका छन् ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।