Friday, December 3, 2010

खाद्यतत्व व्यवस्थापन सम्वन्धी एक दिने तालीम सम्पन्न

धादिङ मंसिर १७ गते  नौविसे गाउँ विकास समिति वडा नं १ धार्केबजारमा माटोको नमुना तथा एकिकृत खाद्यतत्व व्यवस्थापन सम्वन्धी एक दिने तालीम सम्पन्न भएको छ । नवज्योति तरकारी तथा फलफुल कृषक सहकारी संस्था लीमिटेडलेे आयोजना गरेको तालीममा जिल्ला कृषि विकास कार्यलय धादिङका वरिष्ठ कृषि विकास अधिकृत महेन्द्रमान श्रेष्ठ, बाल्ाी संरक्षण अधिकृत चक्रपाणी पन्थी, कृषि सेवा केन्द्र खानीखोलाका कृषि प्रविधिक केशव प्रसाद अधिकारी लगायतले माटोको सुधार किन र कसरी गरिन्छ भन्ने विषयमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो तालिममा थाक्रे नौविसे केवलपुर र जिवनपुरका गरि २७ जना कृषकको सहभागीता रहेको थियो ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।