Tuesday, December 7, 2010

जिल्लाका कृषकहरू सहकारीतर्फ आकर्षित हुन थालेका छन् ।

१७ मंसिर/ डिग्रे साइकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रुकुमले विभिन्न उद्योग तथा व्यवसायहरू सन्चालन गर्दै आएका छ । जिल्ला सदरमुकाम खलङ्गामा आयोजना भएको एक कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् । रुकुमको प्रसिद्ध मन्दिर डिग्रे साइकुमारी भगवतीको नामबाट नामाकरण गरी स्थापना गरिएको डिग्रे साइकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौं साधारणसभामा उपस्थित भएका कृषकहरूले आफूहरू सहकारीको माध्यमबाट कृषि सन्चालन गरेकाले सोचेअनुसारको फाइदा भएको बताए । सहकारीले हालसम्म १ हजार २ सय भन्दा बढी सदस्य सङ्ख्या बनाइसकेको छ ।नेपालको प्रथम गणतान्त्रिक सरकाले ल्याएको गाउँ गाँमा सहकारी गरघरमा भकारी भन्ने नाराले रुकुमका जनताहरुको सहकारीतर्फ आकर्षण बढेको हो । जिल्ला सहकारी सङ्घ रुकुमका अनुसार जिल्लामा ५० भन्दा बढी सहकारी संस्था खुलिसकेका छन् । उक्त संस्थाले आव असार मसान्त सम्म मा २७ लाख ६ हजार ३ सय ४ रुपैयाँ आम्दनी गर्न सफल भएको छ साधरण सभामा जानकारी गराएको थियो ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।