Friday, December 3, 2010

चोरी गरेको अभियोगमा सस्थाकै पदाधीकारी पक्राउ

शिबलाल सुबेदी

गुल्मी मसिंर १७,
केही दिनअघि गुल्मीको ग्वादी गाविसमा सञ्चालित सहकारी संस्थामा चोरी गरेको अभियोगमा संस्थाकै पदाधिकारीहरु पक्राउ परेका छन् । गत मंसिर १० गते शुक्रवार राती ग्वादी गाविस वार्ड नं २ मा सञ्चालित जनचेतना सहकारी संस्थावाट २ लाख ६५ हजार ६ सय दश रुपैयाँ चोरी भएको थियो । उक्त रकम चोरी गर्ने आशंकामा प्रहरीको  अनुसन्धानका क्रममा सोही सहकारी संस्थाका सचिव लालवहादुर राना, कोषाध्यक्ष भिमवहादुर लामिछान, साधारण सदस्य रिमवहादुर लामिछाने र एक र्सवसाधारण किसन पाण्डेयलाई रिडी इलाका प्रहरी कार्यालय गुल्मीवाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । प्रहरीले चोरी भएको उक्त रकम ती व्याक्तिवाट वरामद गरेको छ भने पक्राउ परेका मध्ये कोषाध्यक्ष भिमवहादुर लामिछानेलाई अनुसन्धानपछि छोडिएको वताईएको छ । यता इलाका प्रहरी कार्यालय रिडीले भने व्याक्तिहरु पक्राउ परेको र थप अनुसन्धानका लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याईएको प्रहरीले बताएको छ ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।