धादिङका साना किषान कृषी सहकारी संस्थाहरुको मासिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । साना किषान कृषी सहकारी संस्था धुषाले आयोजना गरेको कार्यक्रम गाउँ विकास समितिको कार्यलय चरौँदीका सम्पन्न भएको हो । साना किषान कृषी सहकारी संस्था धुषाका अध्यक्ष विरेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साना किषान विकास बैङ्क गजुरीका प्रबन्धक कृष्ण अर्याल र साना किसान कृषी सहकारी संस्था धादिङका प्रबन्धक खिलप्रसाद सिलवाल लगायतको आतिथ्य रहेको थियो । समिक्षा कार्यक्रममा जिल्लाभरका १२ वटा कृषी सहकारी संस्थाहरुका अध्यक्ष तथा प्रबन्धकहरु गरि २५ जनाको उपस्थिति रहेको थियो । सो अवसरमा उनिहरुले आ-आफ्नो सहकारी संस्थाको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
0 comments:
Post a Comment