Friday, December 31, 2010

पुस महिनाभर नुवाकोट सहकारीमय

देवचन्द भट्ट १६ पुस / नुवाकोट पुस महिनाभर सहकारीमय भएको छ । यस हप्तामा मात्र नुवाकोटमा १६ वटा सहकारीको साधारणसभा सम्पन्न भएका छन् । पुस मसान्तभित्र सहकारी संस्थाहरुको बाषिर्क साधारणसभा सम्पन्न गरी सक्नर्ुपर्ने नीतिका कारण पुस महिनाभर नुवाकोट सहकारीमय भएको हो ।
पुस १ गतेदेखि हालसम्म ६० वटा सहकारीको साधारणसभा सम्पन्न भएको जिल्ला सहकारी संघ नुवाकोटले जनाएको छ । विहीबार एकै दिन बट्टार सहकारी संस्था र संगम वचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न भएका छन् । एकसय ८० सहकारी संस्थामध्ये जिल्ला सहकारी संघ नुवाकोटमा आबद्ध ९० वटामा विहीबारसम्म ८० वटा सहकारीको साधारणसभा सम्पन्न भइसकेको संघका अध्यक्ष वैकुण्ठ मिश्रले जानकारी दिए । संघमा आबद्ध सहकारी संस्थाहरुले हालसम्म एक अर्ब १० करोड रुपैयाँ लघुकर्जा प्रवाह गरिसकेका छन् ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।