Sunday, December 12, 2010

धादिङमा शिक्षकहरुको छुट्टै सहकारी संस्था


धादिङ, मंसिर २६ गते / गाउँ-गाउँमा भएको सहकारीको विकाससँगै धादिङ जिल्लाका शिक्षकले पनि छुट्टै शिक्षक कल्याण बचत ऋण सहकारी संस्था सञ्चालनमा ल्याएका छन् । जिल्लामा शिक्षकको सुविधाका लागि खोलिएको शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाले उनीहरूले वचत गरेको निश्चित बचत रकमबाट सदस्यहरूलाई आवश्यक परेको बेलामा सहुलियत दरमा ऋण उपलब्ध गराउने बताएको छ।
अखिल नेपाल   शिक्षक सङ्गठन धादिङको अगुवाइमा  गत असोज २० गते दर्ता भएको यस सहकारीले यस वर्ष विस हजार कित्ता सेयर विक्रि गर्ने उद्धेश्यले लिएर सदस्यता फारमलाई वितरण गरिएको संस्थाका अध्यक्ष केशरी प्रसाद पन्तले  बताउनु भएको छ । साथै संस्थाले व्यक्तिगत, आपत्कालीन उपचार, शैक्षिक, र व्यवसायका  लागि सहकारी सदस्यहरुलाई माघ महिनादेखि ऋण उपलब्ध  गराउने समेत जनाएको छ ।
। धादिङ जिल्लाका ५० गाविसका मावि, निमावि र प्राविका गरी ६६७  जना शिक्षक लाई मात्र शियर वितरण गरिने भएकाले सम्पर्ूण्ा शिक्षकहरलाई समयमै शेयर लिन समेत सहकारीले आव्हान गरेको सहकारीका उपाध्य शेरबहादुर अधिकारीले सहकारी गतिविधिलाई बताउनु भएको छ ।


1 comments:

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।