Sunday, December 19, 2010

ज्योती महिला विकास बचत तथा ऋण सहकारी संस्थाको आठौँ वाषिर्क साधारण सभा सम्पन्न

साधरण सभा उद्घाटन गर्दै प्रमुख अधिकारी भरत पौडेल
धादिङबेसी पुस ४ गते / ज्योती महिला विकास बचत तथा ऋण सहकारी संस्था निलकण्ठ ५ धादिङबेशीको आठौँ वाषिर्क साधारण सभा आईतवार धादिङबेशीमा सम्पन्न भएको छ । धादिङ उद्योग बाणीज्य संघ को हलमा भएको साधारण सभामा धादिङका प्रमुख जिल्ला अधिकारी भरत पौडेलको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष नारायणी भण्डारीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा एकीकृत नेकपा माओवादी धादिङका सह-सचिव विजय बर्ुलाकोटी, नेपाली काँग्रेस धादिङका शिव गिरी, नेकपा एमाले धादिङका कृष्ण अर्याल, सिखरीणी महिला वचत तथा ऋण सहकारीकी अध्यक्ष कल्पना अधिकारी लगायतले शुभ कामना मन्तव्य राख्नु भएको थियो । साधारण सभामा संस्थाको आय व्यय सहितको लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो । ३२ जना शेयर सदस्य र ३२ सय शेयर पुँजीबाट कारोबार शुरु गरेको संस्थामा हाल आएर ५२० जना शेयर सदस्य र शेयर पुँजी ५ लाख ३० हजार ७ सय पुगेको सो अवसरमा जानकारी दिइएको थियो । सोही कार्यक्रममा जेष्ठ नागरीक ७१ वषर्ीय धनकुमारी कार्की र सबै भन्दा बढि मासिक वचत गर्ने सचिता भट्टलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

1 comments:

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।