Saturday, January 15, 2011

प्रगतिशील महिला सहकारीको साधारणसभ सम्पन्न

धादिङ धुवाँकोट माघ १ गते / प्रगतिशील महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेड धुवाँकोटको तेस्रो वार्षीक साधाणसभा शुक्रबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कमला तामाङको अध्यक्षताम सम्पन्न साधारण सभामा एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल केन्द्रीय समिति सदस्य एवम् धादिङका अध्यक्ष सोम्वले तामाङ अक्ललको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यत्रमलाई संबोधन गर्दै प्रमुख अतिथि तामाङले आर्थिक क्रान्तिकालागि सहकारी अवधारणको विकल्प नरहेको बताउनु भएको छ । समाज परिवर्तनकोलागि महिलाको सहभागिता अनिवार्य भएको भन्दै उहाँले सहि निति र सहि सिद्धान्तमासहकारीलाई अगाडी बढाउनु पर्ने बताउनु भयो । साधारणसभामा एकीकृत नेकपा माओवादी धुवाँकोटका इञ्चार्ज देवराज आचार्य, सरस्वती उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मणकुमार अधिकारी, धुवाँकोट बहु उद्देश्यीय सहकारी संस्थाका अध्यक्ष छमबहादुर दहाल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्य रहेको थियो । संस्थामा उपसचिव यसोदा सापकोटाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा संस्थाका अध्यक्ष कमला तामाङले वाषर्ीक प्रगति विवरण र कोषाध्यक्ष ज्ञानु अधिकारीले आर्थीक आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । ५७ जना शेयर सदस्यबाट २०६४ सालमा कारोवार शुरु गरेको संस्थामा हाल आएर ४ सय ४० जना शेयर सदस्य रहेका छन् । ७ लाख ६० हजार १५ रुपयाँ कुल पुँजी रहेको संस्थले ४० हजार लगानी गरेर धुवाँकोट ७ मा वाख्रापालन शुरु गरेको छ । संस्थामा शेयर सदस्यहरुले मासिक रुपमा २५ रुपयाँ वचत गर्दै आएका छन्

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।