Thursday, January 5, 2012

आज देखि सहकारी सचेतना गोष्ठी सुरु हुने

धादिङ पुष २२ कटुन्जे /
कटुञ्जे गाउँ विकास समिति भ¥याङ्भुरुङमा भोलि देखि २ दिने सहकारी सम्बन्धी सचेतना गोष्ठी सुरु हुँदै छ । डिभिजन सहकारी कार्यालय धादिङको आयोजनामा सुरु हुन लागेको सचेतना गोष्ठीमा कटुन्जे, धुवाँकोट र सेमजोङका सहकारीहरु सहभागि हुने डिभिजन सहकारीकार्यालय धादिङका सहकारी सहायक निरिक्षक महेश्वर ढकालले बताउनु भएको छ । गोष्ठीमा थोपलखोला बहुउद्धेश्यीय सहकारी, कटुन्जे कृषि बहुउद्धेश्यीय सहकारी, धुवाँकोट बहुउद्धेश्यीय सहकारी, गौतमबुद्ध कृषि सहकारी, बर्लोमेन्दो कृषि सहकारी र प्रगतिशिल महिला वचत तथा ऋण सहकारीबाट २५ सहभागि हुनेछन् ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।