Saturday, January 7, 2012

सहकारीको ११ औँ वार्षिक साधरणसभा सम्पन्न

रोस्मित अधिकारी
धादिङ पुस २३ गजुरी  
महिला विकास वहुउद्देश्यीय सहकारी संस्था गजुरी –१, धादिङको ११ औँ वार्षिक साधरणसभा शुक्रवार  आदर्श उच्च माध्यमिक विद्यालय गजुरीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष धनमाया थपलियाको अध्यक्षतामा सम्पन्न साधारणसभामा स्थानीय समाजसेवी खेमराज उप्रेतिको प्रमुख आतिथ्य रहेको थियो । सो अवसरमा संस्थाका संस्थापक सदस्य सुमित्रा कंडेलले प्रतुत गनुभएको ६ लाख ६५ हजार बराबरको आर्थिक आयव्यय विवरणका विषयमा छलफल गरिएको थियो ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।