Thursday, January 5, 2012

अन्तराष्ट्रिय सहकारी वर्ष २०१२ का कार्यक्रम सार्वजनिक

काठामाडौ पुस २२ /
 अन्तराष्ट्रिय सहकारी वर्ष २०१२ लाई नेपाल सरकारले सहकारी वर्षको रुपमा मनाउन विभिन्न कार्यक्रम घोषणा गरेको छ । आइतबार कृषि तथा सहकारी मन्त्रालयमा पत्रकार सम्मेलन गरी बिभिन्न कार्यक्रमहरु घोषणा गरेको हो ।
 सहकारी बर्षको सुरुवात गर्न माघ १३ गते काठमाडौंमा प्रधामन्त्री बाबुराम भट्टराईले सहकारी वर्षको औपचारीक उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सहकारीलाई आर्थिक तथा सामाजिक विकासको सवल स्तम्भका रुपमा स्थापना गर्न आर्थिक तथा समाजिक क्षेत्रमा काम गर्न पाउने गरी विद्यमान शिक्षा, स्वास्थ्य,  पर्यटन,  जलस्रोत,  उर्जा,  बिमालगायत क्षेत्रगत ऐन परिमार्जनमा जोड दिने बताइएको छ । 
सहकारी वर्ष २०१२ को स्मारक बनाउने,  सहकारीसम्बन्धी क्षेत्रीय गोष्ठी संचालन गर्ने,  हुलाक टिकट र सिक्का बनाउन नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने बताइएको छ । छुट्टै बचत तथा ऋण सहकारी ऐन र सहकारी बैंक ऐन तर्जुमागर्ने र राष्ट्रिय सहकारी नीतिको तय गर्ने जनाइएको छ । देशभरका उत्कृष्ट एक सय सहकारीको प्रोफाइल प्रकाशन गर्ने,  सहकारी विकासमा योगदान पु¥याउने व्यक्ति संघ संस्थालाई पुरस्कृत गर्ने जनाइएको छ । त्यस्तै सहकारीको इतिहास बोकेको आरम्भ नामक नटकाको बिभिन्न स्थानमा मञ्चन तथा सोही कथामा आधारित फिल्म निर्माण गरी प्रदर्शन गर्ने व्यवस्था मिलाउने बताइएको छ ।
यसैगरी राष्ट्रिय सहकारी विकास बोर्ड र सहकारी विभागको पुनसंरचाका लागि अध्ययन गरिने,  क्षमता अभिबृद्वीका लागि पहल गर्ने र सहकारीको मर्जरको अभियान संचालन गर्ने जानकारी दिइएको छ । सहकारी वर्ष मनाउनका लागि सरकारले केन्द्रीय स्तरमा सहकारी मन्त्रीको अध्यक्षतामा ५१ सदस्यीय राष्ट्रिय समिति गठन गरेको छ ।
समितिमा विभिन्न मन्त्रालयका सचिव, गर्भनर, त्रिभुवन विश्वविद्यालयका उपकुलपति, नेपाल पत्रकार महासंघ, जिल्ला विकास समिति महासंघ, गाविस महासंघ, गैरसरकारी संस्था महासंघलगायत विभिन्न पेशागत संगठनका अध्यक्ष, केन्द्रीय सहकारी संघका अध्यक्षहरु रहेका छन् ।

1 comments:

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन
तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।