Friday, December 30, 2011

जन आदर्श सहकारीको तेश्रो बार्षिक साधारणसभा


राजन अधिकारी 
धादिङ पुस १५ गजुरी 
जन आदर्श बहुउदेश्यीय सहकारी संस्थाको तेस्रो बार्षिक साधारणसभा आज गजुरीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तारा भण्डारीको अध्यक्षता र जिल्ला कृषि महांसघ धादिङका सदस्य रङ्गप्रसाद थपलियको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा गजुरी गाँउ विकास समितिका सचिव तिर्थ दुवाडी, कृषि समाग्री संस्थान गजुरीका प्रतिनिधि बुद्धि बहादुर बानियाँ समबृद्धि विकास बैंकका रमेश खड्का लगायत सहित संस्थाका शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । 
६ लाख ४३ हजार २ सय कुल पूँजी रहेको संस्थाले गत आर्थिक वर्षमा कुल पूँजीको ३५ प्रतिशत मुनाफा आर्जन गर्न सफल भएको सो अवसरमा जानकारी दिइएको थियो । २ लाख ३१ हजार ५ सय ऋण लगानी गर्दै आइरहेको संस्थको २ सय ४८ जना शेयर सदस्य रहेका सहकर्मी राजन अधिकारीले जानकारी दिनुभएको छ । 

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।