Saturday, December 31, 2011

किराञ्चोक कृषि सहकारीको साधारणसभा सम्पन्न


किशोर अधिकारी धादिङ पुस १६
किराञ्चोक कृषि सहकारी संस्था लिमेटेडको चौथो बार्षिक साधारणसभा एवम् दास्रो अधिबेशन आज किराञ्चोक ९ ज्यामुन्टारमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजेन्द्र कुमार बस्नेको अध्यक्षता सम्पन्न भेलाले पुन राजेन्द्र बस्नेतको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । पुनर्रगठीत समितिको उपाध्यक्षमा भवानी अधिकारी, कोषाध्यक्षमा अर्जुन कुमार अधिकारी र सचिवमा प्रमोदराज भण्डारीलाई चयन गरीएको छ । भेलामा स्थानीय राजनैतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि लगायत संस्थाका शेयर सदस्यहरुको सहभागीता रहेको थियो । २ सय ४५ जना शेयर सदस्य रहेको संस्थाको कुल लगानी ९ लाख ४७ हजार ५ सय ६४ र कुल कारोवार २८ लाख ३८ हजार ८ सय ९८, शेयरपुँजी ३ लाख ५६ हजार ५ सय र निक्षेप संकलन ५ लाख ७३ हजार ५ सय ६४ रुपैयाँ रहेको भेलामा जानकारी दिइएको थियो । भेलाकै अवसर पारेर दिपेन्द्र भण्डारीको संयोजकत्वमा ३ सदस्ययी लेखा समितीको पनी गठन गरीएको छ । संस्थाले कृषि मल, विऊ,विषादि लगायत सुपथ मुल्यमा सोलार बिक्रिवितरण गदै आईरहेको छ ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।