Saturday, December 31, 2011

नीलकण्ठ सहकारीको साधारण सभा सम्पन्न

धादिङबेसी पुस १७ नीलकण्ठ/
नीलकण्ठ सहकारी संस्था लिमिटेड धादिङको २० औ वार्षिक साधरण सभा शनिवार सम्पन्न भएको छ ।  संस्थाको अध्यक्ष भवनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न साधरण सभामा लेखा समिति संयोजक सिताराम प्रसाद बर्माले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । कुल १ सय २३ जना सदस्य रहेको यस सहकारीले चालु आर्थिक वर्षमा १ लाख २१ हजार खुद मुनाफा गरेको जानकारी गराइएको थियो । ८५ लाखको कारोवार गरेको यस सहकारीले किसानलाइृ लक्षित गरि रासायनिक मल, खाद्यान्न, विभिन्न बिउ बिजन वितरण गर्दै आइरहेको छ ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।