Saturday, December 31, 2011

भिमकुल सहकारीको साधरणसभा सम्पन्न


गोरखा पुस १७ बोर्लाङ/
भिमकुल वचत तथा ऋण सहकारी संस्था वोर्लाङ –४ गोरखाको १६ औँ वार्षिक साधरण सभा शनिवार संस्थाको प्राङ्गणमा सम्पन्न भएको छ । सहकारीको  साधरणसभामा विज्ञान तथा प्रविधि मन्त्री कल्पना धमलाले आर्थिक विकासको मेरुदण्ड सहकारी भएकाले भएको ‘सहकारीको विकासमा सबैको ध्यान जानआवश्यक रहेको बताउनु भएको थियो । संस्थाका अध्यक्ष चित्रकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा आर्थिक र प्रगती प्रतिवेदन प्रस्तुत गरिएको थियो । १३०७ जना शेयर रहेको संस्थाको कुलपूँजी २ करोड ७७ लाख रहेको छ । कार्यक्रममा आर्थिक वर्ष २०६७÷०६८ मा ४ करोड ४७ लाख बराबरको आर्थिक कारोबार गरिएको जानकारी दिइएको थियो । संस्थाले साधारणसभाकै अवसर पारेर गत शैक्षिक शत्रमा उत्कृष्ठ अंक ल्याउने शेयर सदस्यका छोराछोरी, उत्कृष्ठ व्यवसायी र बयोबृद्ध सदस्यहरुलाई नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गर्नुका साथै दोशल्ला ओढाएर सम्मान गरिएको संस्थाका सह–सचिव भूमि गोतामेले जानकारी दिनुभएको छ । 

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।