Wednesday, December 28, 2011

सुनौलाबजारमा कृषि तथा जडिबुटी तालिम सुरु


पुस १४ धादिङबेसी /
कृषि तथा जडिवुटी खेती सम्बन्धी ३ महिने प्राविधिक तालिम बुधवार देखि सुनौलाबजारमा सुरु भएको छ । उज्यालो बहुद्देश्यीय सहकारी संस्था लिमिटेड सुनौलाबजारको आयोजना र शुभेच्छा नेपाल प्रा.लिको सहकार्यमा सुरु भएको तालिमको हिजो एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । आयोजक संस्थाका अध्यक्ष विष्णुप्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमा जिल्ला विकास समिति धादिङका स्थानीय विकास अधिकारी शंकर नेपालको प्रमुख आतिथ्य र एकिकृत नेकपा माओबादी धादिङका सह–सचिव बिजय बुर्लाकोटीको विशेष आतिथ्य रहेको थियो । 
तालिमको उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् धादिङका स्थानीय विकास अधिकारी नेपालले प्रशिक्षार्थीहरुले सिकेको सीपलाई व्याबहारमा उर्तान र नमुना कृषक बन्न आग्रह गर्नुभयो । ‘रोजगारीको लागि सीप’ परीयोजना अन्तर्गत प्राविधिक तथा व्यावसायिक तालिम परीषदको आर्थिक सहयोगमा सुरु भएको ३ महिने तालिममा सहभागी कृषकहरुलाई कृषि तथा जडिबुटी खेती सम्बन्धी प्राविधिक विषमा जानकारी दिइने आयोजक संस्थाले जनाएको छ । तालिमको पहिलो दिन हिजो सहभागी कृषकहरुलाई संस्थाका उपाध्यक्ष दिपक विश्वकर्माले विषयबस्तु माथि प्रकाश पार्नु भएको थियो । तालिम आगामी चैत महिनासम्म सञ्चालन हुने बताइएको छ ।    

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।