Monday, December 26, 2011

कर्मचारी कल्याण बहुउद्देश्यि सहकारीको साधारणसभा सम्पन्न


धादिङबेसी पुस १० गते /
कर्मचारी कल्याण बहुउद्देश्यि सहकारी संस्था लिमिटेडको चौंथो बार्षिक साधारणसभा तथा अधिवेशन नयाँ कार्यसमिति पुनर्गठन गर्दै आज धादिङबेसीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पर्शुराम सुवेदीको अध्यक्षतामा सम्पन्न अधिवेशलने पुनः सुवेदी नै अध्यक्ष रहने गरी कार्यसमिति पुनर्गठन गरेको छ । पुनर्गठित कार्य समितिको उपाध्यक्षमा भेषकुमार थापा, सचिवमा भुवराज घिमिरे, सह–सचिवमा प्रकाश सापकोटा र कोषाध्यक्षमा राममणि मिश्र चयन हुनुभएको छ । यसअघि साधारणसभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल निजामति कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष सुबोधकुमार देवकोटाले बढुवा भएका कर्मचारीहरुको पदस्थापना हुने बताउनु भएको थियो । संस्थाले साधारणसभाको अवसर पारेर गत शैक्षिक शत्रमा प्रवेशिका परीक्ष उतिर्ण गर्ने शेयर सदस्य चमेली गुरुङ तथा संस्थामा क्रियाशील भएर कामगर्ने गोविन्द खनाल र भेषकुमारी थापालाइ कदर पत्र र दोशल्ला ओढाएर सम्मान गरेको छ । यसैगरी निजामति दिवसको अवसमा आयोजित राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा तृतीय हुने राममणि मिश्रलाई प्रशंसा पत्र सहित मेडल प्रदान गरिएको थियो । 

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।