माघ १३, नेपालको सहकारी मोडेल (नमूना) अब भुटानमा पनि लागू हुने भएको छ । १ वर्षमा भुटानको उच्चस्तरीय टोली तीनपटक नेपाल आएर सहकारीको स्थलगत अध्ययन गरेपछि नेपालको मोडेल लागू गर्ने निर्णयमा पुगेको हो । अध्ययनबाट भुटानले नेपाली कृषि सहकारीको मोडेल छनोट गरेको नेपाल कृषि सहकारी केन्द्रीय सङ्घका अध्यक्ष खेमबहादुर पाठकले अभियानलाई बताए । 'कृषि सहकारीले बहुउद्देश्यीय प्रकृतिको काम गर्न सक्ने भएकाले भुटानले यसलाई छनोट गरेको हो,' उनले भने ।
पाठकका अनुसार भुटानले नेपाली मोडेलको सहकारी ऐन पनि बनाइसकेको छ । आगामी १ वर्षभित्र त्यस्तो सहकारी सञ्चालनमा ल्याइसक्ने बताइएको छ । सहकारी सञ्चालनको निर्णयपछि तालीमका लागि भुटानी सहकारीको अधिकृतस्तरको टोली नेपाल आउने क्रम शुरू भएको पाठकले जानकारी दिए । टोलीले नेपालमा कृषि सहकारीको कार्ययोजना, कार्यशौली, प्रभाव र परिणामलगायतको स्थलगत अध्ययन गर्ने बताइएको छ ।

गत सोमवार भुटानका कृषि, वन र पशुपालन क्षेत्रका अधिकृतस्तरका १२ जनाको टोली नेपाल आएर अध्ययन शुरू गरेको छ । टोली १२ दिनसम्म नेपालमा बसेर स्थलगत अध्ययन गर्ने सङ्घका प्रबन्धक रुद्र भट्टराईले बताए । उनका अनुसार एक टोली फर्केको १५ दिनपछि ११ जनाको चार ओटा टोली नेपाल आउने छन् । 'टोली कम्तीमा १२ दिन नेपाल बस्नेछ,' उनले भने । प्रत्येक टोलीबाट सङ्घले १ हजार अमेरिकी डलर (करीब रू. ७४ हजार) शुल्क उठाउने भट्टराईले जानकारी दिए । नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ साना किसानहरूको प्रारम्भिक कृषि सहकारी संस्थाको समूह हो ।अभियान दैनिक'
0 comments:
Post a Comment