बागलुङ माघ १४ । रेश वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङले नवौ साधारण सभाको अवसरमा प्रशिक्षण कार्यक्रम सहित आजबाट दैनिक कारोवार शुरु गरेको छ । सभाको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारी संस्थाहरु नाफामुखी नभई सेवामुखी भावनाले कार्य साचालन गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा दानबहादुर जिसी युवराज गौतम देवका कार्की रनबहादुर खड्का हर्कबहादुर कार्की लगायतले बोल्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष रामबहादुर जिसीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थाले गत आर्थिक वर्षमा ३८ लाखको कारोवार सहित १३ प्रतिशत मुनाफा वितरण गरेको जनाईएको छ । साधारण सभाले आजु जिसीको अध्यक्षतामा ११ सदस्यीय नयाँ संचालक समिति चयन गरेको छ । उपाध्यक्षमा देवका कार्की सचिवमा युवराज गौतम सहसचिवमा सर्वजीत थापा रकोषाध्यक्षमा भक्तबहादुर कुँवर रहनुभएको छ ।सदस्यहरुमा मनमाया थापा लिला थापा रनबहादुर खड्का उमानाथ गौतम चन्द्रकला गौतम र एक सदस्य पछि थप गर्ने जनाईएको छ । सल्लाहकार समितिमा रामबहादुर जिसी जव्वरबहादुर लामिछाने कविराज थापा ओमप्रसाद थापा प्रेम लामिछाने र कृष्णकुमारी गौतम रहनुभएको छ ।
त्यसैगरी लेखा समितिको संयोजकमा दिपबहादुर जिसी सदस्यहरुमा भीमबहादुर थापा देवी कार्की रहनुभएको छ । शिक्षा उपसमितिको संयोजकमा ओमबहादुर थापा सदस्यमा हरिबहादुर कुँवर र दानबहादुर जिसी रहनुभएको छ । त्यस्तै ऋण उपसमितिको संयोजकमा भक्तबहादुर कुँवर र सदस्यहरुमा हर्कबहादुर कार्की र गणेश बहादुर जिसी रहनुभएको छ ।
सो अवसरमा राष्ट्रिय सहकारी वैंक केन्द्रीय लेखा समितिका सदस्य रामबहादुर जिसीले सहकारीलाई प्रभावकारी र पारदर्शी रुपमा अगाडि वढाउने विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो । धौलाश्री समाचार डेस्क
1 comments:
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
Post a Comment