नेपाल समाचारपत्र,
च्याउ उम्रेझैं बचत तथा ऋण सहकारी संस्थाहरुको संख्यात्मक वृद्धि भइरहेको बेला भक्तपुरमा भने सहकारी संस्थाहरुबीच एकीकरण हुने क्रमको शुरुआत भएको छ।
सहकारीहरु बीच अस्वस्थ प्रतिस्पर्धालाई न्यून गर्दै बलियो संस्थाहरु बनाउनुपर्ने आवश्यकतालाई महसुस गर्दै भक्तपुर नगरपालिकाका सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था र यातु गणेश बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण भएको छ।
डिभिजन सहकारी कार्यालयबाट एकीकरणको स्वीकृति भएपछि यातु गणेश बचत तथा ऋण सहकारी संस्थालाई यातु गणेश सेवा केन्द्रमा परिणत गरिएको छ। सेवा केन्द्रको उद्घाटन गर्दै डिभिजन सहकारी कार्यालयका प्रमुख हरि बाशिष्ठले हरेक बाढी र छालको सीमा नाघेपछि फर्केजस्तै सहकारीमा संख्यात्मक वृद्धिको सीमा नाघिसकेकोले एकीकरण शुभारम्भ सिद्धि गणेशले थालेको र आफू त्यसको सहजकर्ता बन्न पाएकोमा खुशी व्यक्त गर्नुभयो।
नेफ्स्कुनका वरिष्ठ तालिम अधिकृत बाबुराम न्यौपानेले सिद्धि गणेश र यातु गणेश बीचको एकीकरणबाट नवीन कार्यको थालनी भएको विचार राख्नुहुँदै सानो-सानो आकारमा संस्थाहरु सबल हुन नसकेकोले बलियो र शक्तिशाली संस्थाहरुको रुपमा विकसित गर्न सकेमा बैंकहरुमा भन्दा सहकारी संस्थामा जनविस्वास बढ्ने दाबी गर्नुभयो।

संस्थाका अध्यक्ष कृष्णगोविन्द लाखाजुले ३१ जना सदस्यबाट शुरु भएको सिद्धि गणेश आज ५ हजार ५ सय र ३७ करोड रुपियाँको संस्था भएको र एकीकरणपश्चात् यातु गणेश संस्थाका सबै सदस्यहरुलाई समानताका आधारमा सेवा र अधिकार दिइने बताउनुभयो।
संस्थाका व्यवस्थापक राजेन्द्र दुमरुले बचत तथा ऋण सहकारी संस्थाका प्रवर्तक एफ डब्लु राइफेसनको मान्यताअनुसार सदस्यको आर्थिक स्वतन्त्रताका लागि सिद्धि गणेश अगडि बढिरहेको विचार राख्नुभयो।
गत कात्तिक १७ गते दुवै संस्थाहरु वीच सम्झौता भई दुवै संस्थाहरुको साधारण सभावाट दुई तिहाई मतवाट पारित गर्दै डिभिजन सहकारी कार्यालयवाट पौष १८ गते स्वीकृत पाएको त्यस एकीकरण कार्यविधि अनुसार यातु गणेश संस्थालाई सिद्धि गणेश संस्थाको सेवा केन्द्रको रुपमा परिणत गरी त्यसै ठाउँवाट सेवा प्रदान गर्न सो केन्द्रको स्थापना भएको बताइएको छ।
1 comments:
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
Post a Comment