पुस २१, काठमाडौं ९अस०। राष्ट्रिय सहकारी सङ्घले त्रिभुवन विश्वविद्यालय ९त्रिवि० र सोका आङ्गिक क्याम्पसहरूमा सहकारी शिक्षा लागु गर्न आग्रह गरेको छ । बुधवार कीर्तिपुरमा विश्वविद्यालयका उपकुलपति माधवप्रसाद शर्मा र सङ्घका प्रतिनिधिबीच भएको छलफलमा उक्त आग्रह गरिएको सङ्घका अध्यक्ष केशव बडालले अभियानलाई बताए ।
राज्यले तीनखम्बे अर्थनीति अवलम्बन गरिसकेकोले त्रिभुवन विश्वविद्यालयमा पनि सहकारी शिक्षा औपचारिक रूपमा अध्यापन शुरू गर्न सुझाव दिइएको बडालको भनाइ छ । सहकारी शिक्षा सहकारीकर्मीहरूले मात्र नभई सबैले बुझ्नु पर्छ, त्यसैले यसको अध्यापन औपचारिक रूपमै शुरू गर्न आग्रह गरेका हौँ, बडालले भने ।
सङ्घले सहकारी शिक्षा लागु गर्नेसम्बन्धमा उच्च माध्यमिक शिक्षा परिषद्सँग छलफल गरी संयुक्त कार्यदलसमेत गठन गरिसकेको छ । यसैगरी कर्मचारीहरूलाई सहकारी शिक्षा प्रदान गर्न मुख्य सचिव माधवप्रसाद धिमिरे र प्रशासकीय तालीम प्रशिक्षण केन्द्रका कार्यकारी प्रमुख पुण्यप्रसाद न्यौपानेसँग पनि छुट्टाछुट्टै छलफल गरेको सङ्घका उपाध्यक्ष विजयराज घिमिरेले बताएका छन् ।
1 comments:
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
Post a Comment