Wednesday, December 15, 2010

बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौ सधारण सभाको उद्घाटन कार्यक्रम सम्पन्न

सन्तोष सिंह
जनकपुर , मंसिर २९ गते ।

महोत्तरी समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौ सधारण सभाको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम प्रमुख अतिथि श्याम घिमिरेले भने - यो सहकारी संस्था हामी सबैको हो भने कुरा बुझ्नु पर्दछ । संस्थाको सदस्यहरुको हरेक सुख दुःखमा यस संस्थाले साथ दिदै आएको दावी गर्दै संस्थाका संरक्षक समेत रहेका श्याम घिमिरेले भने - सदस्यहरुले सहकारी सम्बन्धी शिक्षा लिनु पर्दछ ।
त्यसको लागि यस सहकारीले आवश्यक पहल गर्ने उनले प्रतिवद्धता जाहेर गरे । संस्थाका अध्यक्ष गणेश प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिभिजन सहकारी कार्यालयका प्रमुख परमेश्वर यादवले भने - यो संस्था यस क्षेत्रको लागि उदाहरणको रुपमा स्थापित भएको छ । यस संस्थाको प्रतिविधिबाट अन्यले पनि पाठ सिक्नु पर्ने उनले भने ।
कार्यक्रममा संस्थाका नेपाली कांग्रेस क्षेत्र नं। १ का अध्यक्ष विनोद धामी, रामकृष्ण महतो, कृष्णकला सिंह, उमेश आचार्य, राम बहादुर राणा, टेक बहादुर खडÞका एमाले नेता शारदा प्रस्द ढुङ्गाना, पत्रकार नवल किशोर यादव, हरिप्रसाद काफ्नो, श्याम सुन्दर खडका सहितका वक्ताले आ-आफ्नो मन्तव्य राखेका थिए । उद्घाटन कार्यक्रम पश्चात संस्थाको बन्द सत्र शुरु भएको थियो । बन्द सत्रबाट एक हजार चार सय २९ जना सदस्य रहेको संस्थाको ११ सदास्यीय नया कार्य समिति गठन गरिएको छ ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।