देविका घर्तीमगर,
दाङ २८ मंसिर, जिल्लाका आठ सहकारी संस्थाको बिशेष अनुगमन गरिएको छ । सहकारी डिभिजन कार्यालय दाङले जिल्लाका सहकारी संस्थाहरुको बिशेष अनुगमन गरेको हो । कार्यालयले सहकारी संस्थाहरुमा सहकारी निति नियम अनुसार नियमित रुपमा सहकारी संस्थाहरुको कार्यसाचालन नभएको पाईएकोले गत मंसिर ८ गतेबाट बिशेष अनुगमन शुरु गरेको थियो ।
अनुगमनकै क्रममा जिल्ला सहकारी डिभिजन कार्यालयले दाङका आठ सहकारी संस्थाहरुको अनुगमन गरेको छ । कार्यालयले नमस्ते बचत तथा ऋण सहकारी संस्था घोराही दाङ लक्ष्मी बचत तथा ऋण सहकारी घोराही दाङ स्टार बचत तथा ऋण सहकारी संस्था घोराी दाङ जनसेवा बचत तथा ऋण सहकारी संस्था घोराही दाङ सामुदायिक बचत तथा ऋण सहकारी संस्था घोराही दाङ राप्ती बचत तथा ऋण सहकारी संस्था घोराही दाङ शुभकामना बचत तथा ऋण सहकारी संस्था घोराही दाङ र आदर्श बचत तथा ऋण सहकारी संस्था घोराही दाङको बिशेष ऋनुगमन सम्पन्न गरेको छ । अनुगमनको क्रममा बैंक मार्फक कारोबार नगरेर व्यक्तिगत रुपमा कारोवार गरेको खातापाटा व्यवस्थित नगरेको ईन्ट्री नगरेको कतै अनावश्यक इन्ट्री गरेको पाईएको डिभिजन सहकारी कार्यालयले जानकारी दिएको छ । सहकारी निति नियमअनुसार काम नगर्ने केही सहकारी संस्थालाई जरिवाना समेत गरेको कार्यालयले जानकारी दिएको छ । कार्यालयको नियमअनुसार बढीमा १५ सय रुपैया सम्म जरिवाना गर्ने व्यवस्था रहेको छ । तर कार्यालयले कमीकमजोरीको आधारमा जरिवाना गरेको जनाएको छ । अनुगमनकै क्रममा अनुगमन भएका सहकारी मध्ये केही सहकारीहरुले निकै राम्रो गरेको पाईएको सहकारी डिभिजन कार्यालय प्रमुख नारायणप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
सहकारी संस्थाहरुको अनुगमनले जिल्लाका सहकारी संस्थाहरुले सतर्कता अपनाउँन थालेको पाईएको अनुगमनमा संलग्न सहकारी निरिक्षक जागेश्वर नेपालीले जानकारी दिनुभयो । यसैगरी अनुगमनका कारण संस्थाका साचालक समितिहरु कि्रयाशिल हुँन थालेका छन् । अनुगमनको क्रममा साचालक समितिहरुले संस्थाका कमीकमजोरीहरु सुधार्ने प्रतिबद्वता जनाएको निरिक्षक नेपालीले जानकारी दिनुभएको छ । ुहामीले बिशेष अनुगमन शुरु गरेपछी जिल्लाका अन्य सहकारी संस्थाहरुबाट पनि नियमित रुपमा रिपोर्टहरु आउँन थालेका छन्-सहकारी निरिक्षक नेपालीले भन्नुभयो ।ु जनताको प्रसा उठाएर उत्पादन मुखी कार्यमा समयमा प्रयोग भएको छ कि छैन समयमा लगानी व्यवस्थापन भएको छ की छैन साचालक समितिले मात्र प्रयोग गरेको छ की भनेर ति सबै कुराहरुलाई व्यवस्थित गर्नका लागि डिभिजन कार्यालयले अनुगमन थालेको हो । सहकारी विभागले यस अघिका वर्षहरुमा पनि नियमित रुपमा सहकारी संस्थाहरुको अनुगमनका लागि सम्बन्धीत कार्यालयहरुलाई निर्देशन दिने गर्दछ । तर सहकारी डिभिजन कार्यालय प्रमुखको प्रत्यक्ष संलग्नतामा पहिलोपटक दाङमा बिशेष अनुगमन थालिएको हो । ुविभागको निर्देशनमा प्रत्ययेक सहकारी डिभिजन कार्यालयहरुले सहकारी संस्थाहरुको अनुगमन गर्नुपर्दछ तर सहकारी अधिकृतको संलग्नतामा विशेष अनुगमन हामीले शुरु गरेका छौ । यस्तो प्रकारको अनुगमन यस अघि भएको थिएन-सहकारी डिभिजन अधिकृत नारायणप्रसाद श्रेष्ठले भन्नूभयो ।ु सहकारीलाई सही मार्गमा ल्याउँनका लागि अनुगमन शुरु गरिएको हो । मंसिर आठ गतेबाट शुरु भएको अनुगमन राप्ती अाचलका पाँचै जिल्लामा गरिने लक्षय रहेको बताईएको छ । डिभिजन अधिकृत नारायणप्रसाद श्रेष्ठ सहित नायब सुब्वा होमलाल भुषाल सहकारी निरिक्षक जागेश्वर नेपाली र चेतलाल न्यौपानेको समुहले अहिले दाङका छनौटमा परेका सहकारी संस्थाहरुको बिशेष अनुगमन गरिरहेको छ । अब कार्यालयले केही दिनमै तुलसीपुरका सहकारी संस्थाहरुको अनुगमन शुरु गर्ने जानकारी दिएको छ ।
1 comments:
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
Post a Comment