Friday, December 10, 2010

सहिद स्मृति संचार सहकारीको दोश्रो वाषिर्क साधरणसभा पुस ३ गते हुने

धादिङ, मंसिर २५ गते/ सहिद स्मृति संचार सहकारी संस्था धादिङको दोश्रो वाषिर्क साधरण सभा यहि ०६७ साल पुष ३ गते शनिवार बिहान धादिङबेसी  स्थित धादिङ उद्योग वाणिज्यको हलमा हुने भएको छ । साधारणसभाको उद्घाटन एकीकृत नेकपा माओवादीका कृषि तथा सहकारी विभाग प्रमुख लोकेन्द्र विष्टले उद्घाटन गर्ने संस्थाले जानकारी दिएको छ । यस सहिद स्मृति संचार सहकारीले रेडियो बिहानी ९७.६ मेगाहर्ज संचालन गदै आइरहेको छ भने उत्तम कडेल द्वारा लिखित जोखिमका पाइला र सभासद कलपना धमलाद्वारा लिखित जनयुद्ध र महिला मुक्ति आन्दोलन पुस्तक प्रकाशन गरी बजारमा ल्याई सकेको छ ।यसैगरी संस्थाले जिल्लाबाट प्रकाशित जनमुक्तिमार्ग साप्ताहिकलाई पनि प्रकाशन गर्ने बताएको छ । संस्थाले आफूलाई एउटा सञ्चार गृहको रुपमा स्थापित गर्दै लाने संस्थाका अध्यक्ष उत्तम कँडेलले जानकारी दिनुभएको छ ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।