Friday, December 10, 2010

खरि गाउँ विकास समितिमा बाख्रापालन तालिम सुरु

धादिङ, मंसिर २४/ सानाकिसान सहकारी संघ खरि-३ का शेयर सदस्यहरुलाई बाख्रापालन तालिमदिन सूरु गरिएको छ । शेयर सदस्यहरुको आय आर्जनमा वृद्धि गराउने उद्देश्य राखेर २ दिने तालिम सूरु गरिएको हो । साना किसान सहकारी संघ धादिङले आयोजना गरेको तालिमको पहिलोदिन हिजो संघका सञ्चालक शिव भण्डारीले सहभागिहरुलाई विषयवस्तुको वारेमा जानकारी गराउनुभएको थियो ।
तालिम उद्घाटन कार्यक्रममा सानाकिसान सहकारी संघ धादिङका प्रवन्धक खिलप्रसाद सिलवालको आतिथ्य रहेको थियो । उन्नत जातका बाख्रापालन, तीनीहरुको लागी पौष्टिक आहार र बाख्रामा लाग्ने विविध रोग, त्यसका लक्षण, र उपचार बारेमा प्रष्ट पार्नुभएको थियो । खरि ३ मैदानमा सञ्चालित तालिममा ३५ जनाको सहभागिता रहेको छ ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।