२८ मंसिर, बाँके । जिल्लाको बागेश्वरी गाउँ विकास समिति-९ एफगाउँका दलित महिला सहकारी संस्थामार्फत आत्मनिर्भर हुन थालेका छन् । दस वर्षअघि गाउँका हरेक महिलाबाट पाँच रुपैयाँ सङ्कलन गरी चन्द्रमा बहुउद्देश्यीय सहकारी दर्ता गरिएको थियो । सहकारीको माध्यमबाट दलितहरूलाई आत्मनिर्भर बनाउन अभियान नै थालिएको छ ।
संस्थाकी अध्यक्ष कविता बिकका अनुसार अहिले समूहमा लागेका महिला सहकारीबाट ऋण लिएर तरकारीखेती, घुम्तीपसल र भैंसीपालन सञ्चालन गर्दे आएका छन् । उनीहरूमध्ये तीनजनाले घुम्तीपसल, १३ जनाले व्यावसायिक भैंसीपालन र अन्यले तरकारीखेती गर्दै आएका छन् ।
सहकारीकी पूर्वअध्यक्ष दुर्गा बिकका अनुसार गाउँमा अहिले व्यावसायिक भैंसीपालनबाट दैनिक ४० लिटरभन्दा बढी दूध अरनिको डेरीमा जम्मा हुने गरेको छ । उत्पादित दूध अन्यत्र बिक्रीसमेत हुन थालेकाले गाउँले महिलाको आय पनि बढेको छ । रासस
1 comments:
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
Post a Comment