Wednesday, December 15, 2010

शिखरीणी कृषी सहकारीको साधारण सभा मंगलबार सम्पन्न

धादिङ मंसिर २८ गते/ शिखरीणी कृषी सहकारी संस्था लिमिटेड धादिङको प्रारम्भिक साधारण सभा मंगलबार धादिङबेशीमा सम्पन्न भएको छ । साधारण सभा धादिङका प्रमुख जिल्ला अधिकारी भरत पौडेलको प्रमुख आतिथ्य र संस्थाकी अध्यक्ष कल्पना अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो । साधारण सभामा एकीकृत नेकपा माओबादी धादिङका सह-इञ्चार्ज रामबहादुर भण्डारी, नेपाली काँग्रेस धादिङका कार्यलय सचिव शिव गिरी, पर्ूव उप-सभापति फणिकान्त छत्कुली, धादिङका स्थानीय विकास अधिकारी शंकर नेपाल, जिल्ला सहकारी संघ धादिङका सचिव गंगादत्त तिमल्सिना, पत्रकार महासंघ धादिङका सभापति सीताराम प्रसाद बर्मा, महिला मानव अधिकार रक्षक सञ्जाल धादिङकी अध्यक्ष अम्विका रुपाखेती लगायतको आतिथ्य रहेको थियो । सधारण सभाबाट संस्थाको नयाँ कार्य समिति पनि चयन गरिएको छ । नयाँ कार्य समितिको अध्यक्षमा कल्पना अधिकारी रहनु भएको छ । त्यस्तै उपाध्यक्षमा संगिता दहाल, सचिवमा मिना श्रेष्ठ र कोषाध्यक्षमा अनिता अधिकारी रहनु भएको छ । साधारण सभाबाट संस्थाको आगामी कार्य दिशा पनि तय गरिएको बताइएको छ । मासुजन्य पदार्थ भारत र तरकारी चिनबाट ल्यउनु पर्दा देशको लाखौँ पैसा विदेसिरहेको अबस्थामा संस्था आगामी दिनमापनि कृषी संगै सम्बन्धित रहेर अगाडी बढ्ने अध्यक्ष कल्पना अधिकारीले बताउनु भयो ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।