Sunday, December 12, 2010

सृजना महिला बचत तथा ऋण सहकारी संस्थाको आठौं साधारणसभा सम्पन्न

पोखरा, २५ मङ्सिर।सृजना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा-८, फिर्केको आठौं साधारणसभा शनिबार सम्पन्न भएको छ।साधारणसभाको उद्घाटन गर्दै पुनरावेदन अदालत पोखराका न्यायाधीश नीता गौतम दीक्षितले राज्यका महत्त्वपूर्णका स्थानमा महिला सहभागिता कम रहेको बताउनुभयो। उहाँले महिला सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो। नेपालमा दर्ता भएका २० हजार सहकारी संस्थामध्ये दुइ हजारमा मात्र महिलाको सहभागिता रहेको बताउँदै उहाँले राष्ट्र निर्माणका लागि महिला सहभागिताबारे चर्चा गर्नुभयो।
नेपाल पत्रकार महासङ्घ कास्की शाखाका अध्यक्ष नारायण कार्कीले आर्थिक स्तर उकास्नका लागि सहकारीको भूमिका महत्त्वपूर्णका हुने बताउँदै नेपालमा सहकारी मन्त्रालयको आवश्यकता औंल्याउनुभयो। कार्यक्रममा उक्त संस्थाकी संस्थापक अध्यक्ष सृजना बराल, उपाध्यक्ष निता बराल, सृजना विकास केन्द्रका कोषाध्यक्ष सुशील बिजुक्छे, परोपकार ऋण तथा सहकारी संस्थाका अध्यक्ष विष्णुप्रसाद बराल, विकल्प तामाङ महिला जोहो तथा पैँचोकी अध्यक्ष दुर्गादेवी तामाङलगायतले मन्तव्य राख्नुभएको थियो। उक्त कार्यक्रममा संस्थाकी सचिव राधिका रेग्मीले सचिवको प्रतिवेदन, कोषाध्यक्ष कमलादेवी गिरीले कोषाध्यक्षको प्रतिवेदन र लेखा संयोजक दुर्गा आचार्यले लेखा प्रतिवेदन पढेर सुनाउनुभएको थियो।
सोही अवसरमा नेपाल पत्रकार महासङ्घ कास्की शाखाको भवन निर्माणका लागि पाँच हजार रूपैयाँ बराबरको चेक संस्थाकी अध्यक्ष शान्ति शर्माले शाखा अध्यक्ष कार्कीलाई हस्तान्तरण गर्नुभएको थियो। उक्त अवसरमा प्रमुख अतिथि दीक्षितलाई मायाको चिनो प्रदान गर्नुका साथै स्थापनाकालदेखि सक्रिय रूपमा काम गर्दै आएकी संस्थाकी उपाध्यक्ष नीता बराललाई सम्मानित गरिएको थियो। संस्थाका अध्यक्ष शान्ति शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाकी सहसचिव पवित्रा केसीले गर्नुभएको थियो। (आदर्श समाज)

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।