सहकारी संस्थाहरुको भीडमा एउटा छुटै पहिचान छ कृषि बचत तथा ऋण सहकारीको। राजधानीको गौशालामा रहेको यस सहकारीमा वचत तथा ऋण सुविधाको अलवा सिपमूलक तालिम लिन समेत पाइन्छ। सहकारीले वेरोजगार महिलालाई सिपमूलक तालिम दिएर आत्मनिर्भरता पनि बढाएको छ। अन्य सहकारीको तुलनामा फरक पहिचान वनाएकै कारण कार्यालयको भिन्न एक कक्षमा आर्थिक कारोवारको साथसाथै विभिन्न हस्तकलाको सामाग्री र खेलौनाको समेत कारोवार भएको पाइन्छ। यस सहकारीका प्रशिक्षक कर्मचारी हस्तकला र खेलौनाका सामाग्री वनाउन र सिकाउन व्यस्त देखिन्छन्।
सहकारी ऐन २०४८ वमोजिम २०६५ सालमा २५ लाख पूँजीवाट शुभारम्भ गरिएको कृषले अहिले एक करोड भन्दा वढीको कारोवार गर्न थालिसकेको छ। दुई वर्षको अन्तरालमा यत्रो फड्को मार्न सक्नुमा सहकारीको भावना र आम मानिसमा वचत गर्नु पर्छ भन्ने सोच जगाउन सक्नु नै हो। संस्थाका संस्थापक सदस्य अन्जु लोहनी भन्छिन् स् ँसहकारीको भावनाको कारण विभिन्न कारणले आय आर्जन गर्न नसकेका न्यून वर्गको महिलाका लागि कृष आय आर्जनको दर्विलो स्रोत वनेको छ। अझै भन्नु पर्दा कृषमा सिकेको हस्तकला र खेलौना वनाउने सिपले महिलालाई आत्मनिर्भर नै बनाएको छ।’ स्थापनाको दुई वर्षकै अवधीमा कृषले करिव चार सय महिलालाई सीपमूलक तालिमका कारण दैनिक गुजारा चलाउन सहज समेत वनाएको दावी गर्छिन्
संस्थाले विभिन्न पाँच किसिमका वचत योजना ल्याएको छ। जसमा साधारण, दैनिक, मासिक, पेवा वचत, वाल वचत र कृष विशेष वचत योजना रहेका छन्। जसमा वचत कर्ताले न्यूनतम ८ देखी १०।५ प्रतिशत सम्म व्याज प्राप्त गर्छन्। वचतको अलावा संस्थाले ऋण पनि उपलब्ध गराउने गरेको छ। १५ देखी १९ प्रतिशत सम्मको व्याजदरमा व्यक्तिगत, व्यवसायिक, कृषी, सामाजिक, औद्योगिक, घरायसी सामान र सवारी साधनमा ऋण उपलब्ध गराउँदै आएको छ। साधारण सदस्यहरुलाई भने संस्थाले ऋण सुविधा र दशैमा एक महिना वरावरको व्याज रकम थप गरेर दिने गरेको छ।
न्यूनतम एक सय रुपैयामा नै खाता खोल्न सकिने संस्थाले पाँच सय जम्मा भएपछि व्याज प्रदान गर्ने गरेको छ। न्यूनतम एक सय देखी दैनिक वचत गर्न पाइने र पाँचसयदेखि चेकबूक उपलब्ध गराउने गरेको छ। संस्थाले अत्याधुनिक सफ्टवेयर प्रविधिवाटै कारोवार सञ्चालन गर्ने गरेको छ। सहकारीको भीडमा केही मोटो रकम उठाएर फरार हुने गरेको समाचार आइरहेको भएपनि यस संस्थाका सञ्चालक स्थानीय भएकोले वचतकर्ता ढुक्क छन्। यस संस्थामा दैनिक कारोवार सञ्चालनार्थ १२ जना कर्मचारी खटिएका छन्।
नाफालाई ठगी भन्न मिल्दैन
ज्ञानु न्यौपाने
अध्यक्ष, कृष बचत तथा ऋण सहकारी संस्था लि।
तपार्इंको सहकारीको विशेषता के हो रु
हाम्रो सहकारीले आफ्ना सदस्यहरुलाई अत्यन्त सरल ढंगले वित्तिय सेवा तथा सुविधाहरुं उपलब्ध गराउँछ। आयमुलक, सिपमुलक र रोजगारमुलक तालिमहरु दिएर बचत गर्नु पर्छ भन्ने भावना विकास गराउनु नै यस सहकारीको विशेषता हो।
सहकारी संस्थाहरुलाई ठगी खाने माध्यम भनेर आलोचना पनि गरिन्छ नि ?
यो प्रश्न सहकारी संस्था भनेको Social Work गर्ने संस्था हो भनेर मात्र बुझेकाहरुले गर्ने प्रश्न हो। सहकारी भनेको Social Work गर्ने संस्था मात्र नभएर अहिले सहकारी Social Work with Business अथवा Business with Social Work पनि होपनि हो। त्यही भएर सहकारीमा व्यवसाय प्रवधनात्मक कार्यलाई जोड दिइन्छ तथा व्यक्तिलाई व्यवसाय उन्मुख गराइन्छ। यसरी व्यवसाय उन्मुख बनाउँदा त्यहाँ नाफाको पनि कुरा हुन्छ र सदस्यलाई हित हुने गरी नाफा कमाउने कार्यलाई ठगी खाने भाँडो हो भन्न मिल्दैन।
उसो भए किन यति धेरै सहकारी खुलेका ?
यो समयको माग हो। सहकारीले साना खुद्रा व्यवसायिहरुलाई पनि सरल ढंगले वित्तिय सेवा र सुविधाहरु उपलब्ध गराउने भएको हुँदा यतिका संस्था खुलेका हुन्। यसका अलवा सहकारीहरुले सामूहिक रुपमा उद्योग कलकारखाना तथा व्यवसाय सञ्चालन गर्ने भएकोले पनि सहकारी संस्था धेरै मात्रामा खुलेका हुन्।
सहकारी संस्थाहरुको भविष्य के छ नेपालमा ?
नेपाल जस्तो विकासोन्मुख देशमा कतिपय ठाँउमा बजार नै वनेको छैन। त्यसकारण त्यहाँ खुल्ला बजारको संभावना नै छैन। त्यसैले यो देशको अर्थतन्त्रमा सहकारी नीजि र राज्यको भूमिका निकै लामो समयसम्म आवश्यक छ। छरीएर रहेका श्रम, सिप र पूँजीलाई सहकारी संस्थाहरुले परिचालन गर्न सक्दछन्। त्यसकारण राज्यले सहकारी प्रशिक्षण र पूर्वाधारमा लगानी गरेको खण्डमा सहकारी को भविष्य अत्यन्त उज्वल छ।
सहकारी संस्थाको नियन्त्रण, नियमन तथा अनुगमन प्रभावकारी रुपमा हुन सकेको छैन भन्ने सुनिन्छ नि ?
सहकारीमा नेपालमा मात्र नभइ विश्वमै नियन्त्रण भन्ने शब्द प्रयोग हुँदैन। त्यसैले सहकारी संस्था Self-disciplinary, Self-regulatory संस्था हो। सर्वसाधारण तथा सदस्यहरुको लगानीलाई सुरक्षित गर्न र सहकारी मूल्यमान्यता अनुसार संस्था सञ्चालन भए नभएको मात्र सरकारले हेर्छ। संस्थाहरुले सरकारले हेर्नुपर्छ भन्ने बहानामा उम्किन खोज्ने तर सरकारले सदस्यहरुबाट नै नियन्त्रण हुनु पर्छ भन्ने अपेक्षा राख्ने गरेको छ। यहि अपेक्षा अनुसार संचालक समिति, लेखा समिति र साधारण सभा प्रभावकारी हुन नसक्दा समस्या आएको हो। सहकारी संस्था वृद्धि अनुसार सहकारीको क्षमता वृद्धि नहुँदा पनि अनुगमन तथा नियमनमा केही समस्या देखिएको हो।profilenepal
0 comments:
Post a Comment