Friday, April 1, 2011

जिल्ला सहकारी संघ नुवाकोटले राष्ट्रिय सहकारी दिवस मनाउने

जिल्ला सहकारी संघ नुवाकोटले ५४ औं राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । आज विदुरमा भएको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार हाजिरी जवाफ प्रतियोगिता, सहकारीकर्मी, उद्यमी, व्यवसायी, कर्मचारी र पत्रकार विच मैत्रीपूर्ण खेलकुद प्रतियोगिता, मोटरसाइकल ¥याली लगायतका कार्यक्रमहरु आयोजना गरिने छ ।

चैत २० गते हुने ५४ औं राष्ट्रिय सहकारी दिवसको दिन प्रतियोगिताका विजयीहरुलाई पुरस्कार तथा प्रमाण पत्र उत्कृष्ट सहकारी र उत्कृष्ट सहकारी कर्मीहरुलाई पुरस्कृत समेत गरिने संघका अध्यक्ष बैकुण्ठ मिश्रले जानकारी दिनुभयो ।
नुवाकोटमा २०१० सालमा नर्जामण्डप र २०१७ सालमा तुप्चेमा सहकारी स्थापना भएको हो । जिल्लामा सहकारी आन्दोलनले आधा शताब्दी पुरा गरिसकेको छ । यस अबधिमा २ सय ८० वटा सहकारी संस्थाहरु संचालनमा रहेको अध्यक्ष मिश्रले बताउनुभयो ।
जिल्लामा एउटा जिल्ला सहकारी संघ, २ वटा विषयगत संघ, ५८ वटा बहुउद्देश्यीय सहकारी, ६३ वटा बचत तथा ऋण सहकारी, ७६ वटा कृषि सहकारी, ९ जटा दुग्ध सहकारी, ५१ वटा महिला सहकारी, ५ वटा उपभोक्ता सहकारी र १५ वटा अन्य सहकारी सञ्चालनमा रहेका छन् ।
सहकारीमा ४६ हजार शेयर सदस्य, १४ करोड ५० लाख रुपैया शेयर पुजी, १ अर्ब २५ करोड निक्षेप संकलन र १ अर्ब १० करोड रुपैया कर्जा लगानी रहेको अध्यक्ष बैकुण्ठ मिश्रले बताउनुभयो ।
सहकारीको माध्यमबाट दैनिक ६ हजार किलो तरकारी, ३ हजार ५ सय लिटर दुध उत्पादन तथा बजार व्यवस्थापन भईरहेको छ । जिल्लामा सहकारीको माध्यमबाट मात्र ७० लाख रुपैया रेमिट्यान्स भित्रिने गरेको संघले जनाएको छ । जिल्ला सहकारी संघका १ सय ३ वटा सहकारी आबद्ध भएका छन् । जनकपुर डटकम

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।