चैत १०
नेपाल-भारतका सहकारीकर्मीहरुको हालै भारतमा भएको संयुक्त भेलाले नेपालका सहकारीहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आग्रह गरेको छ । देशभरका सहकारी संस्थाहरुको प्रतिनिधित्व गर्दै नेपालबाट गएको टोलीले भारतका सहकारीकर्मीहरुसित एक हप्तासम्म छलफल गरेको थियो ।
दुवै देशका सहकारीहरुबीच भारतको हरियाणामा भएको छलफलले नेपालमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सहकारीहरुलाई आग्रह गर्दै त्यसअनुरुपको योजना बनाउने निर्णय गरेको हो ।
कृषिलाई आधुनिकीकरण र व्यवसायीक बनाउनुपर्ने, शिक्षा, स्वास्थ्य, उद्योग, जलविद्युतलगायतका दीर्घकालिन महत्त्वका क्षेत्रमा लगानी गर्नुपर्नेमा उक्त भेलाले जोड दिएको छ ।
सहकारी संस्थाहरु मार्फत समाज रुपान्तरणका काम प्रभावकारी र सकारात्मक भएको ठहर गर्दै सहकारी सञ्चालकहरुले अब उत्पादन मूलक क्षेत्रमा लगानी बढाउन सहकारी संस्थाहरुलाई आग्रह गरेका छन् ।
राष्ट्रिय सहकारी संघ लिमिटेड नेपाल र इण्डियन फामर्श फर्टिलाइजर कोअपरेटिभ लिमिटेड इफ्कोको आयोजनामा भएको दुई देशीय छलफल कार्यक्रममा नेपालका विभिन्न सहकारी संघ संस्थाका ३८ जना सहकारीकर्मीहरुको सहभागिता थियो ।
नेपाल र भारतका सहकारीका नेतृत्वदायी निकायबीचको सम्बन्ध विस्तार गर्दै दुवै देशका सहकारीकर्मीहरुलाई सहकारी माध्यमबाट विकास निर्माणमा सक्रिय गराउनुका साथै सहकारितामार्फ दुवै मुलुकको आर्थिक विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय सहकारी संघले नेपालले जनाएको छ ।
कार्यक्रममा इफ्कोले भारतीय कृषि उत्पादनमा पुर्याएको योगदान, सहकारीका सिद्धान्त र मूल्य मान्यता, सहकारीमार्फत उत्पादन वृद्धि गर्नका लागि नेतृत्वको प्रभावकारिता तथा सहकारीमार्फत कृषिलाई व्यवसायिकरण गर्दै अनावश्यक तनाव हटाउने तरिकाका बारेमा छलफल भएको थियो ।
कार्यक्रममा इफ्कोका बजार व्यवस्थापक माङ्गेराम, वरिष्ठ प्रवन्धक टि।भि।के चारी, व्यवस्थापन सल्लाहकार गायत्री सुर्वमण्डियम, इफ्कोका संयुक्त महाप्रवन्धक डाक्टर डि।पी पत्रा, भारतीय राष्ट्रिय सहकारी महासंघका सहायक निर्देशक रितेश डे, इण्डियन फार्म, फरेष्टी डेभलपमेण्ट कोअपरेटिभ लिमिटेड आइएफएफडिसीका योजना व्यवस्थापक एच।सी। गेना, भारतीय राष्ट्रिय सहकारी महासंघका निर्देशक डाक्टर गुलाव सिंह, इफ्कोका कृषि सेवा विभाग दिल्लीका प्रमुख डाक्टर सी भी काओरे, ब्रहृमाकुमारी इश्वरीय विश्व विद्यालय हरियाणाकी सञ्चालिका सरोजले सहकारी अभियानका बारेमा आ(आफ्ना धारणा राखेका थिए । nayabhawana bata sabhar
0 comments:
Post a Comment