धादिङबेसी पुस १७ / हाइवे बचत तथा ऋण सहकारी संस्था बैरेनीको चौथो साधारण सभा आज सम्पन्न भएको छ ।वचत तथा ऋण सहकारी संस्थाको केन्द्रिय सदस्य एवं सहारा महिला वचत तथा ऋण सहकारी संस्था धादिङको अध्यक्ष पार्वती खाँड राइको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त साधरण सभा संस्थाका अध्यक्ष नेत्रराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।
अहिले सम्म एक करोड ५० लाख भन्दा बढीको कारोवार गरेको यस सहकारीको शेयर पुँजी ३२ लाख १५ हजार रहेको छ ५ सय ७१ जना सयर सदस्यहरु रकेको यस सहकारीले गत आर्थिक बर्षमा आठ लाख १९ हजार नाफा गर्न सफल भएको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
0 comments:
Post a Comment