पुस १८ गते / सप्तकोषि वचत तथा ऋण सहकारी संस्था लिमिटेड आरुचनौटे ४ गोरखाको ११ वाषर्ीक साधारणसभा मंगलटारमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मेनबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न साधारणसभामा नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी नेप्सकोनका उपाध्यक्ष ऋषिराज घिमिरेको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले संस्थाले अहिले सम्म गरेको प्रगतिको प्रसंसा गर्नु भयो । अहिले सम्म संस्थाले राम्रो प्रगति गरिरहेको भन्दै उहाँले आगामी दिनमापनि लघुबित्त कार्यक्रमलाई अझ विस्तार गर्न प्रेरणा दिनुभयो । संस्थाका उपाध्यक्ष लालबहादुर खड्काले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा सचिव हर्रि्रसाद भट्टले प्रगित प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सोहि अवसरमा कोषाध्यक्ष विश्वनाथ अधिकारीले आर्थीक वर्ष२०६६/०६७ को लेखा परिक्षण प्रतिवेदन, आर्थीक वर्ष२०६७/०६८ को प्रस्तावित वजेट र आर्थीक वर्ष२०६८/०६९ को अनुमानीत वजेट प्रस्तुत गर्नुभएको थियो । ८ सय ८५ जना शेयर सदस्य र २ सय ९१ बाल वचत सदस्य रहेको संस्थाले आगामी वर्षम्ममा १२ सय शेयर सदस्य पुर्याउने लक्ष्य राखेको छ । २० लाख ९९ हजार १ सय शेयर पुँजी रहेको संस्थामा ७६ लाख ७४ हजार ९ सय १८ वचत रहेको बताइएको छ भने यसवर्ष२ लाख ९० हजार खुदनाफा गर्न सफल भएको छ । साधारणसभामा संस्थाका पर्ूव अध्यक्षहरु कृष्णबहादुर खनाल र तिर्थबहादुर नेपालीलाई दोसल्ला र सम्मानपत्र दिएर सम्मान गरिएको थियो । सोही अवसरमा ४९ जना ऋणीलाई असल ऋणी, ४३ जना शेयर सदस्यालाई अशल वचतकर्ताको रुपमा प्रसंसापत्र दिएर सम्मान गरिनुका साथै गत प्रवेशीका परिक्षामा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोरा-छोरीलाई पुरस्कार र सुत्केरी महिलालाई सुत्केरी राहत प्रदान गरिएको संस्थाका अध्यक्ष मेनबहादुर अधिकारीले जानकारी दिनुभएको छ ।
0 comments:
Post a Comment