Saturday, January 1, 2011

नलाङ कृषि बहु-उद्देस्यीय सहकारी संस्था लिमिटेको दोस्रो वार्षिक साधारणसभा नलाङमा सम्पन्न

धादिङबेसी पुस १७  नलाङ / कृषि बहु-उद्देस्यीय सहकारी संस्था लिमिटेड नलाङको दोस्रो वार्षिक साधारणसभा आज नलाङमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष घनश्याम भट्टको अध्यक्षतामा सम्पन्न साधारण सभामा एकीकृत नेकपा माओवादी धादिङ इलाका नं. ९ का इञ्चार्ज महेन्द्र तिमल्सिना परिवर्तनको प्रमुख आतिथ्य रहेको थियो ।
ऋण समिति संयोजक सुर्य तिमल्सिनाले सञ्चालन गर्नुभएको कार्यक्रममा विष्णु अर्यालले शुभकामना मन्तव्य राख्नु भएको थियो भने संस्थाकी कोषाध्यक्ष रञ्जना कट्टेलले वार्षिक आय- व्यय विवरण प्रस्तुत गर्नु भएको थियो ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।